☰ open Loading... 18 November 2024|  

कर्णाली प्रदेशको कृषि मन्त्रालयको बजेट २ अर्व ५५ करोड ३२ लाख (कार्यक्रमसहित)
  | १५ भाद्र २०७५, शुक्रबार १७:१९

सुर्खेत । कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक बर्ष २०७५÷०७६ को विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । मन्त्रालयले पत्रकार सम्मेलन गरी दुई अर्व ५५ करोड ३२ लाख ६४ हजारको बजेटसहित विभिन्न कार्यक्रमहरुवारे जानकारी दिदैं ती योजनाहरु सार्वजनिक गरेको हो ।

मन्त्रालयले कृषि, पूर्वाधार विकास कार्यक्रममा ३५ करोड छुट्याएको छ । त्यसपछि अर्गानिक मोडल निर्माणका लागि १२ करोड ५० लाख, एक निर्वाचन क्षेत्र एक पकेट कार्यक्रमका लागि १२ करोड, एक जिल्ला दुई पकेट कार्यक्रमका लागि १० करोड, हाइटेक नर्सरी स्थापनाका लागि २४ करोड बजेट बिनियोजन गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

यसैगरी माछामासु तथा दुग्ध प्रवद्र्धन कार्यक्रममा दुई करोड, फलफूल प्रवद्र्धन कार्यक्रममा दुई करोड, नगदेवाली विकास कार्यक्रममा तीन करोड, लक्षित वर्ग विशेष कार्यक्रममा सात करोड, मागमा आधारित कार्यक्रममा सात करोड, उत्पादन प्रोत्साहन कार्यक्रममा पाँच करोड बजेट बिनियोजन गरिएको छ ।

यस्ता छन् मन्त्रालयका चालु अार्थिक वर्षका कार्यक्रम र बजेट :