☰ open Loading... 26 April 2024|  

विविएसमा अब्बल क्याम्पस ‘सिद्धपाईला’
  | १७ भाद्र २०७५, आईतवार ०७:५२

पश्चिमनेपाल डेस्क
सुर्खेत । विविएस अध्ययन गर्ने विद्यार्थीहरुका लागि सिद्धपाईला क्याम्पस पहिलो रोजाई बनेको छ । त्रिभुवन विश्वविद्यालयबाट विं.सं. २०६९ सालमा स्थापना भएको सिद्धपाईलाले दुई व्याज विद्यार्थी पासआउट गरेको छ ।

सामाजिक र शैक्षिक क्षेत्रमा लागेका व्यक्तिहरुले यसै क्षेत्रका विद्यार्थीहरुलाई विविएस अध्ययन गराउन क्याम्पस स्थापना गरिएको हो । एकपछि अर्को गर्दै विविएस कार्यक्रमलाई स्थापित गराउन सफल बनेको सिद्धपाईलाले विद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षासंगै प्रयोगात्मक शिक्षालाई जोड दिएको क्याम्पस प्रमुख उपेन्द्र सुवेदी बताउँछन् ।

‘पहिलो वर्ष २० र दोस्रो वर्षमा ३४ विद्यार्थी पासआउट भएका छन्’ सुवेदीले भने, ‘अब क्याम्पसले राम्रो नतिजा ल्याउने विद्यार्थीहरुलाई रोजगारीको अवसर गरिदिने रणनीतिमा जुटेका छौं ।’

क्याम्पसमा अध्ययरत ७० प्रतिशत विद्यार्थी पास हुने गरेको क्याम्पसको भनाई छ । क्याम्पसले नै ओजेटीको व्यवस्था गर्ने, सैद्धान्तिकभन्दा प्रयोगात्मक शिक्षालाई जोड दिने र राम्रो विद्यार्थीलाई रोजगारीको अवसर सिर्जना गर्न क्याम्पस उद्धत भएपछि विद्यार्थीहरुको प्रमुख रोजाई सिद्धपाइला भन्न थालेको छ ।

सुर्खेतस्थित विभिन्न बैंकहरुसंग समन्वय गरेर क्याम्पसले विद्यार्थीहरुलाई ओजेटीको व्यवस्था गर्दै आएको छ । क्याम्पसमा पढ्ने अधिकाँश विद्यार्थीहरुको पहिलो रोजाई बैंक नै पर्न थालेपछि बैंकसंग समन्वय गरेर ओजेटीमा अब्बल गराएर करिअर विकासमा क्याम्पस अग्रसर छ । निकट भविष्यमै आईसिटी जोड्ने तयारीमा सिद्धपाईला जुटेको छ ।

हाल ३५० जना विद्यार्थी अध्ययनरत सिद्धपाईलाका विद्यार्थीहरुलाई जीवन उपयोगी प्रशिक्षण। सेमिनार, गोष्ठी र खेलकुदको व्यवस्थापनमा जोड दिइरहेको सुवेदी बताउँछन् । रिजल्टहरुमा सिद्धपाइला क्याम्पसले साविकको मध्यपश्चिममा दोस्रो हुँदै टप एकदेखी आठसम्म विद्यार्थीहरु पास गराउँन सफल भएको छ ।

‘कमजोर विद्यार्थीहरुलाई वास्ता नगर्ने र जान्ने विद्यार्थीहरुलाई बढी जोड दिने संस्कारको अन्त्य गरेका छौं’ क्याम्पस प्रमुख सुवेदीले भने, ‘क्याम्पसमा अध्ययन गर्न आउने सवै विद्यार्थीहरु हाम्रो लागि बराबर भएकाले कमजोरप्रति बढी केन्द्रीत भइ अध्यापन गराउँदै आएका छौं ।’
संरचना विस्तार गरिदैँ
वीरेन्द्रनगर नगरपालिका–६ बुद्धपथमा सञ्चालनमा रहेको क्याम्पसले आफ्नै संरचना निर्माण गर्नमा अग्रसर छ । मंगलगढी चौक नजिकै क्याम्पसले भौतिक संरचना निर्माणका लागि अन्तिम तयारी गरिरहेको छ । लिफ्टसहितको भवनका लागि नक्सा निर्माणका काम अन्तिम चरणमा रहेको क्याम्पस प्रमुख सुवेदी बताउँछन् ।

‘अपाङ्गमैत्री भवनका लागि नक्सा अन्तिम चरणमा छ’ सुवेदीले थपे, ‘कम्तिमा डेढ वर्षमै विद्यार्थीहरु लागि सुविधा सम्पन्न भवन निर्माण गरेर विद्यार्थीको प्रमुख रोजाईको क्याम्पस बनाउन लागि परेका छौं ।’

यसै वर्षदेखी क्याम्पसले विद्यार्थीहरुको विवरण अभिभावकहरुले हेर्नेगरी सफ्टवेरको विकास गर्न लागेको छ । सिद्धपाईलामा अध्यापन गर्ने आफ्ना सन्तानले कस्तो गरिरहेका छन् भन्ने सबै विवरण घरबाटै थाहा पाउन एप सञ्चालनको तयारीमा जुटेको सुवेदी बताउँछन् । सिद्धपाइला क्याम्पसले प्रत्यक्ष र अप्रत्यक्षगरी २५ जनालाई रोजगारी दिइरहेको छ ।