☰ open Loading... 1 May 2024|  

बनेकाे महिना दिनमै बग्यो भेलसंगै करोडकाे सडक
  | १७ भाद्र २०७५, आईतवार १६:११


दैलेख,  रामघाटदेखी ठाँटीकाध जोड्ने सडक बेहाल अवस्थामा रहेको छ । असार नजिक एक करोड १० लाख रकम खर्चेर निर्माण गरिएको सडक पानी परेसंगै विचविचबाट बगेपछि बेहाल भएको हो ।

गत आर्थिक वर्षमा गाउँपालिकाले सवैभन्दा बढी रकम खर्चेर सडक बनाएको थियो । नाली विनाको सडक र बनेको नाली पनि कच्ची हुँदा प्राय सडक भत्केको छ । गाडीहरु पुग्न सक्दैनन् । विचमै गाडी अड्किन्छन् ।

कष्टकर यात्रा हुने गरेको यात्रुहरु बताउँछन् । फोरलेन सडकको नामाकरण गरिएको उक्त सडकमा सहजै साधनहरु गुड्न सक्दैनन् । सडक केही चौडा भएपनि नाली र ग्रावेल नहुँदा भत्केर काम नलाग्ने भएको हो । खोलामा पुल, सडक पेटी, नालाहरु नबन्दा यात्रामा असहज भएको स्थानीय बताउँछन । पानीले सडक चिरेर ठुला ठुला खाल्डाहरु बनाएको छ ।

गाडी होईन् मोटरसाईकल हिडाउन पनि नसकिने भएको स्थानीय जिवराज रेग्मीले बताए । गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले पहिलो वर्ष सडक चौडा गरियो आउँदो वर्ष ग्रावेल गरिने बताए ।

त्यस्तै नौमुले गाउँपालिकामा पनि १ करोड रकम खर्चेर बनाएको तामेखोला–नौमुले सडक पनि भत्केको छ । गाडी गुड्नै सास्ती हुने गरेको नौमुले स्थानीय संदिप विकले बताए । आफ्नो गाउँपालिकासम्म जाने सडक अर्को वर्षदेखी ग्राविल गरिने गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताए ।

वर्षातका कारण पानीले केही ठाउँमा विग्रीएका बुढामगरले बताए । महावु गाउँपालिका, भैरवी गाउँपालिकामा जाने सडक पनि बर्षातले विग्रीएको छ । जहाँ १ करोड रकम खर्च गरेर सडक बनाएका थिए । आफ्ना नजिकका कार्यकर्तालाई डोजर लगाएर करोड रकम असार नजिक भुक्तानी दिईएको थियो ।