☰ open Loading... 23 December 2024|  

दुलही
  | २६ भाद्र २०७५, मंगलवार १९:५७

भाग एक पढ्न यहाँ क्लिक गर्नुहाेस् : भाग १ दुलही

भाग १ बाट बाँकी कथा…

हतेरी ! मैले क्याफेमा यो होस किन पुराईन ‘किन अरु मानिसहरुले अनौठो पारामा हेरिरहेका छन भनेर ?’ त्यतिखेर मैले के सोचेको थिए भनेनी, बेहुलिलाई देखेर हेरेका होलान भनेर । उनीहरूले त एक्लै बरबराई रहेको मलाई देखेर पो क्वारक्वारती हेरेका रहेछन । फेरि उ मलाई मात्र किन देखि ?

अरुलाई पनि देखिनु पर्ने हो ? न्युउरेर सोफामा अलपत्र परेका भिजेका लुगा उठाउन खोज्दै थिए । मेरो सटको गोजीबाट कागजको डल्लो सोफामा खस्यो । चालै समाते । मुटु धकधकको कम्पनले सारा शरिर हल्लाई रहेको थियो । कामेका हातले सुस्तरी कागज खोले अनि पढ्न थाले ।

तर त्यो केटा त्यस समयको एक नामी व्यापारि थियो । त्यसैले उसको परिवार सङ्ग जो पनि नाता जोड्न चाहन्थे । तर उसका बा-आमाले मलाई रोज्नु भएको थियो । उसले पनि मलाई मनैदेखि रोजेको थियो ।

उसले पहिलो चोटि मलाई त्यहि सडक जहा हामी हिजो राति हिडेका थियौ । एक अन्दोलाई सडक पार गराई रहेको बेला देखेको रहेछ । ट्राफिक जाम परेको बेला, चिल्लो कारबाट हेरिरहेको रहेछ । उसलाई म खुब मन परेछ । भोलि बिहानै आफ्ना बुढा बा-आमालाई ल्याएर मेरो घर आएको  थियो ।

हामीले खुब सेवा सत्कार गर्यौ । किनभने उसलाई नचिन्ने कोही पनि थिएनन । झन मेरो बुबा उसैको कम्पनिमा नोकरि गर्नु हुँदो रहेछ ।

कुरो मिल्यो । दुई महिना पछि बिहे हुने भयो । म निकै खुसि थिए ।

दिनदिनै हाम्रो बाक्लो भेटघाट हुन थाल्यो । आधा रात फोनमै बित्न थाल्यो । मेरो कलेज पनि सिधिएको थियो । त्यसैले हामि कहिले काँही टाढा टाढा जान थाल्यौ ।

बेलुका अबेरसम्म प्राय त्यहि क्याफेमा गफिन थाल्यौ, जहा तपाई र म हिजो राति भेटिएका थियौ । त्यसरी नै उ मलाई कुरेर बसिरहेको हुन्थ्यो ,जसरी हिजो तपाई बसिरहनु भएको थियो ।

हामीले सम्भवत एक अर्कालाई राम्रै सङ्ग बुझिसकेका थियौ । बिहेको मिति पनि नजिकिदै थियो । हामी अत्यन्त खुसि थियौ । आखिर त्यो दिन पनि आयो,जुन दिन म बेहुली भएर मण्डपमा बसेकी थिइ ।

सिन्दुर हाल्ने बेला पनि आयो । बा-आमालाई भित्र पठाईयो । बाहुन बाजे मन्त्र जप गर्दै थिए । मानिसहरु हेर्न वरिपरि जम्मा भएका थिए । मेरो सिउदोसम्म सेतो रुमाल राखियो । बाहुन बाजेबाट सिन्दुर हाल्ने सङकेत आयो । उनी सिन्दुर हाल्दा खेरिको मन्त्र पाठ गर्न थाले । बेहुलाले सिन्दुर हाल्न सुरु गरे । सिन्दुरले मेरो सिउदो रङ्गाउन नपाउदै, कसैले गोली चलाएको आवाज आयो ।

डरले कराउदै आखा चिम्म गरे  ।  हुल तछाड मछाड गर्दै हरायो ।  म जुरुक्क उठे  ।  उनले मलाई अङ्गालो हाले  ।  ढाडमा छाम्दा रगत बगिरहेको थियो  ।  उनि पिडाले राम्ररि चिचाउन पनि सकिरहेका थिएनन  ।  फेरि गोलि चल्यो  ।  फेरि उहि ठाउमा लाग्यो  ।  मलाई समाल्नै गाह्रो भयो  ।  मैले देखिहाले अर्को घरको छतबाट बन्दुक चलाई रहेका तिन जनालाई  ।  एउटाले ताकेर बन्दुक ठोक्यो,यसपालि चाहि मैले ढाड थापे  ।  गोलि मासु छेडेर शरिरको बिच भागमा गाडियो  ।  फेरि अर्को  ।  अर्को,अर्को  ।  जम्मा सात गोलि गाडिए  ।  दुबै जना भुईमा पछारियौ  ।  उनी  तल, म माथि ।  एकचोटि मैले उनको छातिमा टालिदै लाडे स्वरमा भनेको थिए ‘तपाईको छातिमा आफ्नो सिर राखेर, कस्सेर अङ्गालो हालि, लामो सास तानेर सदाको लागि बिदा हुन मन छ  ।  ‘ त्यो ईक्षा पुरा भएको थियो  ।

अप्रेसन गर्दा उहा धौ धौ बाच्नु भएछ  ।  म त उतिखेर नै मरि सकेकि रहिछु  ।

हत्याराहरु अझै पक्राउ परेका थिएनन  ।  उहाको सारा व्यापार डुबेको रहेछ  ।  गोलि चलाउने उहाका पुराना दुश्मनहरु रहेछन  ।  केहि दिन अगि धम्कि दिएका पनि थिए रे!तर उहाले त्यति गम्भिर रुपले लग्नु भएको रहेन छ  ।  त्यि हत्याहरु अरु कोहि नभएर तपाई काम गर्ने कम्पनिका मान्छेहरु रहेछ्न  ।  त्यिनिहरुको पिछा गर्दै म धेरै पटक तपाईको क्याबिनमा पनि पुगेकि थिए  ।  त्यि तपाईका बिजनेस पाट्नर रहेछन  ।  मलाई जसरि पनि उनिहरुलाई खतम गरेर पेन्ड्राईभ ल्याउनु थियो  ।  त्यस पेन्डाईभ भित्र कम्पनिका महत्वपुर्ण कागजात थिए  ।

 त्यो त केबल तपाईबाट मात्र सम्भव हुन्थ्यो  ।  त्यसैले तपाईको पिछा गर्दै त्यस क्याफे भित्र छिरे  ।  जुन क्याफेमा पहिले हामि घण्टौ बस्ने गर्थ्यौ  ।  खासमा म तपाईलाई बताउन चाहदैनथे  कि म एक आत्मा हो भनेर  ।  नभनि नहुने वाध्यता थियो  ।  तपाई बेहोस भएपछि म तपाईको शरिर भित्र छिरे  ।

अनि सिधै तपाई काम गर्ने अफिसमा गए  ।  नाइट ड्युटि गरिरहेका सेकुरेटि गार्डले केहि नभनि सजिलै गेट खोले  ।  माथि चौथो तलामा जहा त्यि तिन हत्याहरु थिए,त्यहा गए  ।  उनिहरु तिनैजना गोप्य बैठकमा थिए  ।  तपाईलाइ देखेर सुरुमा सबैजना तर्सिए  ।  उनिहरुलाई लागेछ कि यसले सबै कुरा सुनिसक्यो भनेर  ।

उनिहरुले आक्रमण गर्न थाले  ।  मैले सबलाई कुताको जसरि मारिदिए  ।  अनि पेन्ड्रईभ लिएर त्यहा बाट निस्के  ।  अनि तपाईको कोठामा आएर तपाईलाई खाठमा सुताई दिए  ।  अनि म त्यहाबाट बिदा भए  ।

अनि म?ल चिठि त सिधियो  ।  मन भक्कानिएर आयो  ।  रोउ रोउ झै भयो  ।  रिसले चिठि हावामा उडाई दिए  ।  त्यो त सोफामा उल्टो मुखि भएर टुकरुक्क बस्यो  ।  थाकेर आएर आपको हागामा टुकरुक्क बसेको काग झै  ।

हल्का झुकेर पढे ‘चिन्ता नलिनुहोला तपाई फस्नु हुने छैन  ।  ‘

‘कुरा मात्र गर्ने कि पैतला पनि चाल्ने ?’ कुईनाले उसलाई हल्का धकेल्दै भने  ।

‘बिच बाटोमै पैतलाका छाला चिरिए भन्रे नि?’ आफु साच्चै डराएर मलाई भनेकि थि वा मलाई सचेत गराउन भनेकि थि,अलि बुझ्न गाह्रो भयो मलाई  ।

‘हेर्दा के म लिखुरे देखिन्छु र?’ उसका हातमा छुस्स छुदै भने  ।  मनभित्र पुन काउकुतिको हुडुलो मच्चिन थाल्यो  ।