☰ open Loading... 25 February 2025|  

प्रहरी नै मकैबारीमा मृत फेला
  | १ आश्विन २०७५, सोमबार १८:४७

सुर्खेत । पूर्वी सुर्खेतमा एक प्रहरी जवान मकैबारीमा मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान अमरबहादुर बोहोरा गुर्भाकोट नगरपालिका–१२ तिकुनेमा मृत अवस्थामा फेला परेका हुन् ।

गुर्भाकोटाकाे तिकुनेमै घर भएका बाेहाेराको घरदेखी एकसय मिटर पूर्वमा रहेको मकैबारीमा मृत अवस्था फेला परेको प्रहरी चौकी मेहलकुनाका सई सर्वोजित बोलेली जानकारी दिए ।

‘घटना बारे अहिले नै केही भन्न सकिन्न’ सई बोलेली भने, ‘बोहोराको अनुहारमा निलो डाम जस्ताे देखिन्छ तर शरिरका अन्य भागमा कहीँ कतै चोटपकट छैन् ।’

घटनाबारे थप बुझ्न जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरे घटनास्थल पुगेका छन् । बोहोराको हत्या भएको वा अरु नै कारण के हो भन्ने बारे अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएकाे छ ।