☰ open Loading... 26 April 2024|  

गणेशमानकाे २१ अाैं स्मृति दिसव सुर्खेत कांग्रेसले पनि मनायाे
  | २ आश्विन २०७५, मंगलवार १८:५०

सुर्खेत । २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २१ औ स्मृति दिवस सुर्खेतसहित देशभर विभिन्न कार्यक्रम मनार्इएको छ । दिवसको अवसरमा नेपाली काँग्रेस सुर्खेतले स्वर्गीय सिंहको फोटोलार्इ माल्यार्पण गरि स्मृति दिवस मनाएको हाे ।


कार्यक्रममा नेपाली काँग्रेसका सुर्खेतका सभापति कमलराज रेग्मीले नेपालको राजनीतिक इतिहासमा नेता सिंहको योगदान महत्वपूर्ण रहेको स्मरण गर्दै उनको विचारलार्इ मनन गरेर अगाडी बढ्नुपर्ने समय आएको बताए ।

उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गणेशमान सिहले गरेको योगदान जतिसुकै चर्चा गरेपनि कमहुने भन्दै गणेशमान जस्तो स्वार्थरहित राजनीति गर्ने नेताको आवश्यकता रहेको उल्लेख गरे ।

स्वर्गीय नेता सिंहले प्रजातन्त्रका लागि नथाक्ने, नडराउने र नझुक्ने राजनेता रुपमा स्थापित रहेको भन्दै अहिलेको नेतित्व त्यसको विपरीत हिडेको आरोप लगाए । लौहपुरुषका नामले समेत चिनिएका सिहँले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि संघर्ष गरेका थिए ।

जेलबाट भागेर भारत पुगेका सिंहले वीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरे । २०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गरेका सिंहले प्रजातन्त्रको पहरेदारी गर्न रुचाएका थिए ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना र २०४७ को संविधान निर्माणपछि उहाँले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार घचघचाएका थिए । १९७२ सालमा जन्मिनुभएका सिंहको २०५४ साल असोज २ गते अर्थात् आजैका दिन निधन भएको थियो ।