☰ open Loading... 20 April 2024|  

वर्ल्डलिङ्कको ‘इण्टरनेट फरर, विदेश सरर’ योजना
  | २ आश्विन २०७५, मंगलवार १९:३५

सुर्खेत । वर्ल्डलिङ्क कम्युनिकेशन्सले आगामी दशैंतिहार लगायत चाडलाई लक्षित गरी ‘इण्टरनेट फरर, विदेश सरर’ नामक योजना ल्याएको छ ।

योजनामा वर्ल्डलिङ्कको इण्टरनेट जोड्ने २३ जना भाग्यशाली जोडीले पेरिस, थाइल्याण्ड, सिङ्गापुर, दुबई, बाली र मलेशियाको भ्रमण गर्ने अवसर पाउनेछन् । वर्ल्डलिङ्क कम्युनिकेशन्सले २३औं वर्ष पूरा गरेको अवसरमा विदेश भ्रमणको अवसर प्रदान गर्न लागेको हो ।

यसै अवसरमा वर्ल्डलिङ्कले इण्टरनेट खरीद वा नवीकरणमा समेत छूट दिने भएको छ । इण्टरनेट जोड्दा र नवीकरण गर्दा ग्राहकले १ वर्षको शुल्क भुक्तानीमा ४० प्रतिशत छूट पाउने कम्पनीले बताएको छ । इण्टरनेट जोड्ने ग्राहकले छूटसँगै निःशुल्क सेट अपबक्ससहित १२ महीनासम्म नेटटीभी (आईपी टीभी) प्राप्त गर्नेछन् ।