☰ open Loading... 1 March 2025|  

वन उपभोक्ता महासंघ प्रदेश अध्यक्षमा शर्मा
  | २ आश्विन २०७५, मंगलवार २०:०३

सुर्खेत । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कर्णाली प्रदेशको प्रथम अधिवेशन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । अधिवेशनले सल्यानका घनश्याम शर्माको अध्यक्षतामा ४४ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ ।

प्रदेश समितिको उपाध्यक्षमा कृष्ण बहादुर शाही (हुम्ला), महासचिवमा अनिता केसी (हुम्ला), सचिवमा सूर्यकिरण चन्द (रुकुम), कोषाध्यक्षमा मनकला रोकाय (मुगु) चयन भएका छन् ।

सदस्यहरुमा प्रेमलाल घर्ती (सल्यान), लक्षिराम कार्मी (रुकुम), वर्ण शाही (सल्यान), लाल बहादुर शाही (दैलेख), रमिता नेपाली (रुकुम), सत्यकुमारी रोकाय (डोल्पा), लिला पहाडी (डोल्पा), सुजाता बुढामगर (डोल्पा), गीता शाही (दैलेख), दिप बहादुर वस्नेत (जाजरकोट), अमरसिं थरी (रुकुम), पद्मा गोगी (दैलेख), राम बहादुर शाही (दैलेख), कौशिला खत्री (जाजरकोट) लगायत चयन भएका छन् ।