Loading... 14 December 2018|   शुक्रबार, मंसिर २८, २०७५

जनसेवामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

  |

सुर्खेत । जनसेवा माध्यामिक विद्यालय वीरेन्द्रनगर–१० घुस्रामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । स्मार्ट स्कुल घोषणामा हाम्रो भूमिका विषयक प्रतियोगिता बिहिबार सम्पन्न भएको हो ।

प्रतियोगितामा कक्षा ११ का प्रकाश बुढा प्रथम, समिक्षा नेपाली द्वितीय र भिमिसरा शर्मा तृतीय भएका छन् । अतिरिक्त क्रियाकलाप संयोजक पञ्चरत्न शर्माको अध्यक्षतामा तथा शिक्षक नन्दराम गुरुङको प्रमुख आतिथ्यतामा प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक भक्त बहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, अशोज ४, २०७५     4:42:16 PM
error: Content is protected !!