☰ open Loading... 29 March 2024|  

पर्यटककाे पहिलाे राेजाइ ‘गुराँसे’
  | ५ आश्विन २०७५, शुक्रबार ०८:२१

घोडाबास (दैलेख) । चारैतिर साना साना लेकहरुसँगै मिलेको ठाउँमा बजारहरु । सुर्खेतदेखि नजिकै रहेको चर्चित गुराँसे बजार जाँहा चिसो हावापानी र रसिलो खाना खादा मन आनन्दीत हुन्छ । वडा नम्बर १ मा रहेको देउराली गुफा । विभिन्न धार्मीक स्तलहरु । रतिखोला जसको आफ्नै पहिचान छ । जन्ती बस्ने गुफा, जन्ते ढुङ्गा, त्यहाबाट माथी डाँडोमा जाँदा चारैतिर मनोरम दृश्य हेर्न सकिने ठाउँ जसले मनै लोभ्याउछ ।

भिउचुला, घ्युपोखरी, धरमपोखरा त्यहाँ हेका आनन्द लाग्दा पाटनहरु अनि धरमपोखराको पोखरी, शिव मन्दीर, वडा नम्बर ७ का ति अग्ला अग्ला पहाडहरु गुराँसे लेक जाहाँबाट ५५ जिल्लाको अवलोकन गर्दा मनमा आनन्दको यती महशुस हुन्छ । व्यख्या गर्न सकिदैन् । पञ्चकोषी मालिकादेवीको पुजा आरधना गर्नाले पाप नष्ट हुने धार्मीक विश्वास छ ।

बिहानीपख सुर्योदयसँगै यहाँका हरेक क्षेत्रको अवलोकन गर्दा मनमा सुख प्राप्त भएको जस्तो अनुभुती हुन्छ । यहाँका कृषि योग्य जमिनमा लगाइएका हरीयो तरकारी, विभिन्न साना साना बजार, अनि परम्परागत पानी घट्टहरु देख्न सकिन्छ । नेपालकै लोपउन्मुख समुदाय राउटे समुदाय अझै पर्यटकको आकर्षण बन्न पुगेको छ ।

यस गाउँपालिका र आसपासका क्षेत्रमा राउटे समुदायको बसोबास रहने गर्दछ । जुन समुदायलाई गाउँपालिकाले आफ्ना स्थायी नागरिक बनाएको छ । यसरी गुराँस गाउँपालिका पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ ।

पर्यटकको लागि गुराँस गाउँपालिकाका आकर्षक केन्द्रहरु
गुराँस गाउँपालिकाका विभिन्न ठाउँहरु छन्, जसले पर्यटकको लागि आकर्षण केन्द्र बन्न सक्छन् । वडा नम्बर १ मा रहेको देउराली गुफा जसले पर्यटकको ध्यान आकर्षित गर्न सक्छ ।

वडा नम्बर २ को तल्लो डुङ्गेश्वर जुन दैलेख जिल्लाकै होचो स्थानमा पर्दछ भने यहाँ बग्ने कर्णाली नदीको चिसो पानी र त्यहाँ पाइने माछाको स्वाद लिदा आनन्दित बनाउछ । त्यस्तै यो नदीमा ¥याप्टिङ चलाउन सके पर्यटकको गन्तव्य बन्न सक्छ । यही वडामा रहेको शिव मन्दीर जाँहा पुजा गर्दा सन्तान रहर पुरा हुने धार्मीक विश्वास छ ।

वडा नम्बर ३ मा रहेको पातीकाल्ना बजार । जाहाँबाट कर्णाली नदी र अन्य रमणिय ठाउँको अवलोकन गर्न सकिन्छ । वडा नम्बर ४ को गुराँसे बजार जुन लेकमा रहेको छ भने रमणिय ठाउँ छ ।

जाँहा विभिन्न फिल्महरु सुटिङ हुने गरेका छन् भने हिमाली जिल्ला र रारा, मानसरोवर हेर्न जानको लागि प्रवेशद्वार पनि यहि ठाउँ हो । त्यसैगरी यही वडामा रहेको रतिखोला जसको बेग्लै इतिहास रहेको छ । जुन खोलाले रातो गाई बगाएको र त्यस गाईको अवशेष अझैपनि हेर्न सकिन्छ ।

वडा नम्बर ५ मा रहेको जन्ती बस्ने गुफा हेर्दा मन आनन्द हुन्छ । जुन गुफामा एक हुल जन्ती बास बसेको र ति जन्ती सबैको निधन भएको भन्ने किम्बदन्ती छ । गुफा बाहिर जन्तीले ल्याएका विभिन्न सामानहरुको ढुङ्गाले बनेका आकारहरु अझैपनि देख्न सकिन्छ ।

वडा नम्बर ६ मा रहेको लिलेकोट डाडो जाहाँबाट भारतको लखनऊ, चिनको तिब्बत र नेपालका विभिन्न ठाउँको अवलोकन गर्न सकिन्छ । त्यसैगरी भिउचुला मैदान हेर्दा आनन्द महशुस हुन्छ । भने जन्ते ढुङ्गा र अन्य साना साना गुफा हेर्दा मनलाई शान्त बनाउन सकिन्छ । त्यसैलाई मध्यनजर गर्दै गाउँपालिकाले लिलेकोटमा भ्यु टावर स्थापना गर्न लागेको छ ।

विगतको लालिकाँडा गाउँ विकास समितिलाई दुइवटा वडामा विभाजन गरिएको छ । वडा नम्बर ८ का विभिन्न रमणिय मिलेका ठाउँ जसले पर्यटकको मन तान्न सक्छ । घ्युपोखरी बजारदेखि कालिपोखरीसम्मको ठाउँलार्य हेर्दा मन कता कता हराएको जस्तो देखिन्छ । त्यस्तै धरमपोखरा बजार जसको आफ्नै पहिचान छ । पाप नष्ट गर्ने पोखरीबाट परिचित यस ठाउँमा शिव मन्दीर, पोखरीले मन आनन्दीत पार्छ ।

वडा नम्बर ७ जुन पर्यटक आकर्षण प्रमुख गन्तव्य मान्न सकिन्छ । त्यहाँका अग्ला अग्ला लेक, दुदिलाको दोभाने चौर, मालिकादेवी मन्दीरहरु पर्यटक आकर्षणका केन्द्र हुन् । सबैभन्दा महत्वपुूर्ण स्थान गुराँस लेक जाँहाबाट ५५ जिल्ला सदरमुकाम अवलोकन गर्न सकिन्छ । भने यहाँको मालिकादेवीको दर्शन गर्नाले असफलता पाइदैन भन्ने धार्मीक विश्वास छ ।

राउटे नेपालको लोपउन्मुख समुदाय हो । यो समुदायलाई गुराँस गाउँपालिकाले आफ्ना नागरिकको रुपमा परिचय पत्र दिएको छ । जुन पर्यटकको केन्द्रबिन्दु बन्दै गएको छ । अहिलेपनि राउटेको अध्ययन र अवलोकनका लागि विदेशि पर्यटकहरु दिनदिनै बढ्दै छन् ।
पर्यटन क्षेत्रको पहिचान
गुराँस गाउँपालिका सुर्खेत दैलेखको सिमानामा रहेको र पर्यटकीय क्षेत्रको दृष्टिले आकर्षण देखिन्छ । यस गाउँपालिकाले विभिन्न पर्यटकिय क्षेत्रको पहिचान गरि यसको चर्चामा लाग्नु आजको आवश्यक देखिन्छ । जसले समृद्ध गाउँपालिकाको लक्ष्य पुरा हुन धेरै दिन कुर्नु पर्दैन् ।