☰ open Loading... 3 May 2024|  

नेकपाको कर्णाली प्रदेश इन्चार्जमा शर्मा र सह–इन्चार्जमा कंडेल
  | ५ आश्विन २०७५, शुक्रबार १३:४६

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीले प्रदेश संगठन कमिटीको नेतृत्व गठन गरेको छ । नेकपाको शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश संगठन कमिटीका चार पद इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको नाममा टुंगो लगाएको हो ।

कर्णाली प्रदेशको जिम्मेवारीमा इन्चार्जमा जनार्दन शर्मा ‘प्रभाकार’ सह–इन्चार्जमा यमलाल कंडेलले पाएका छन् । यस्तै, बैठकले प्रदेशको अध्यक्षमा गोरख बोगटी र सचिवमा मायाप्रसाद शर्मालाई जिम्मेवारी दिएको छ ।

यी चारजनाले प्रदेश कमिटीलाई पूर्णता दिने र तल्ला कमिटीको एकतालाई पूर्णता दिने जिम्मेवारी पाएको नेकपाका सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।

तत्कालिन दुई राजनीतिक दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच जेठ ३ गते एकता भएर नेकपा गठन भएको हो । यो दल अहिले तल्ला कमिटी र भातृ संगठनको एकताको चरणमा रहेको छ ।

अन्य प्रदेशहरुमा

प्रदेश १ इन्चार्ज- भीमप्रसाद आचार्य सहइन्चार्ज- सावित्री काफ्ले अध्यक्ष- देवराज घिमिरे सचिव- सुरेशकुमार राई

प्रदेश २ इन्चार्ज- सत्यनारायण मण्डल सहइन्चार्ज- विश्वनाथ साह अध्यक्ष- प्रभु शाह सचिव- सुमनराज प्याकुरेल

प्रदेश ३ इन्चार्ज- अष्टलक्ष्मी शाक्य सहइन्चार्ज- नारायण दाहाल अध्यक्ष- हितराज तामाङ सचिव- आनन्द पोखरेल

गण्डकी प्रदेश इन्चार्ज- पृथ्वीसुब्बा गुरुङ सहइन्चार्ज- खगराज अधिकारी अध्यक्ष- हितराज पाण्डे सचिव- गोविन्द

नेपाली प्रदेश ५ इन्चार्ज- शंकर पोखरेल सहइन्चार्ज- दलबहादुर राना मगर अध्यक्ष- ओनसरी घर्ती सचिव- जगप्रसाद शर्मा

प्रदेश ७ इन्चार्ज- भीम रावल सहइन्चार्ज- लक्ष्मीदत्त जोशी अध्यक्ष- कर्ण थापा सचिव- सिंहराज चौधरी (नेपबहादुर)