☰ open Loading... 20 April 2024|  

दुर्घटनामा एकको मृत्यु
  | १७ आश्विन २०७५, बुधबार १०:२७

सुर्खेत । रत्न राजमार्गको ठूलो ब्यूरेनीमा गुडी रहेको बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ । सुब्बाकुना–छिन्चु सडक खण्डको ठूलो ब्यूरेनीमा नेपालगञ्जतर्फ जाँदै गरेको बसको ढोकाबाट खसेर भेरीगंगा नगरपालिका–१२ का ५० वर्षिय पदम बस्नेतको मृत्यु भएको हो ।

ना ४ ख ७०२४ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको लु १ ख ४६०२ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बसको ढोकामा झुण्डीएर सवार गरिरहेका बस्नेतको मृत्यु भएको सुर्खेत प्रहरीले पुष्टी गरेको छ ।

बसबाट खसेका बस्नेतको टाउकोमा चोट लागेको र क्षेत्रीय अस्पताल कालागाउँ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ । बस, ट्रक र सवारी चालकलाई इलाका प्रहरी कार्यालय छिन्चुले नियन्त्रणमा लिएको छ ।