☰ open Loading... 3 May 2024|  

जागरणको अध्यक्षमा फेरी पौड्याल
  | ७ पुष २०७५, शनिबार १८:२३

सुर्खेत । जागरण एफ. एम. को सञ्चालक संस्था जागरण वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतको अध्यक्षमा पुनः पूर्ण प्रसाद पौड्याल चयन भएका छन् ।

वीरेन्द्रनगरमा आज (शनिवार) भएको संस्थाको एघारौँ वार्षिक साधारणसभाबाट आगामी चार वर्षका लागि पौड्यालको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा नवराज खड्का, सचिवमा राजेश कुमार ढकाल, कोषाध्यक्षमा चन्द्रलाल आचार्य तथा अन्य सदस्यहरुमा घनश्याम कँडेल, धना जिसी, राम प्रसाद उपाध्याय, चौहानसिं राना र टीकाराम ढकाल चयन भए ।

साधारणसभाले संस्थागत सदस्यमा राष्ट्रसेवक वहुउद्देश्यीय सहकारी संस्था र सिमान्तकृत महिला वहुउद्देश्यीय सहकारी संस्थालाई चयन गरेको निर्वाचन समिति संयोजक पूर्णमान श्रेष्ठले बताए । यस्तै मीनविक्रम शाहको संयोजकत्वमा गोविन्द प्रसाद शर्मा र छविलाल चालिसे सदस्य रहनेगरी लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको छ ।

अव नयाँ सञ्चालक समितिले संस्थाको विधान संशोधनको जिम्मेवारी समेत पाएको छ । साधारणसभाले समान उद्देश्य राखेका प्रारम्भिक सहकारी संस्थाहरुलाई समायोजन गर्न पहल गर्ने, नयाँ शेयर सदस्यता खुला गर्ने लगायतका निर्णयहरु पनि गरेको छ ।

साधारणसभामा प्रमुख अतिथी समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यवाहक अध्यक्ष खगेन्द्र प्रसाद सापकोटाले सामुदायिक रेडियोहरुसँगको साझेदारीमा प्रदेशस्तरको सञ्जाल तयार गरेर जागरण एफ. एम.ले अगुवाई लिएको बताए ।

संस्थाका अध्यक्ष पौड्यालले साझेदारीका लागि कर्णाली प्रदेशका अन्य सामुदायिक रेडियोहरु प्रति आभार व्यक्त गर्दै सामुदायिक विकासका लागि सामुदायिक रेडियोहरुबीचको सहकार्य एउटा नमूना कार्य रहेको बताए ।

प्रत्येक वर्ष साधारणसभाको अवसरमा गरिने कार्यअन्तर्गत यसवर्ष विज्ञापन तथा कार्यक्रम साझेदारको रुपमा छत्र वडुवाललाई सम्मान गरिएको छ ।