☰ open Loading... 20 April 2024|  

कालिकाेटका अग्नी पीडितका लागि संघद्वारा ८० हजार नगद र खाद्यान्न संकलन
  | १२ पुष २०७५, बिहीबार १८:२१

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले कालिकोटको पलाँताका अग्निपीडितहरुका लागि विहीबार वीरेन्द्रनगरमा राहत संकलन शुरु गरेको छ । आज पहिलो दिन संघका पदाधिकारीले व्यक्तिरुपमा नगद संकलन शुरु गरेलगत्तै वीरेन्द्रनगरको गोदामबाट मंगलगढी चौक हुँदै वीच बजार क्षेत्रका व्यापारी व्यवसायीहरुबाट राहत संकलन गरिएको हो ।


विहीबार पहिलो दिन वीरेन्द्रनगरका व्यापारीहरुबाट स्वेच्छिक रुपमा ८० हजार नगद तथा एउटा मिनी जीपमा अट्नेजति खाद्यान्न तथा जिन्सी संकलन भएको संघका महासचिव लक्ष्मण कंडेलले जानकारी दिए । राहत संकलन अभियान शुक्रबार पनि जारी रहने बताउँदै उनले अग्निीपीडितहरुलाई जिन्सी सहयोग गर्न चाहनेले संघको कार्यालयमा सामान बुझाउन सक्ने व्यवस्था मिलाइएको उल्लेख गरे ।

यस्तै आर्थिक सहयोग गर्न चाहनेले सिटिजन्स बैंक सुर्खेतमा संघद्धारा स्थापित दैवीप्रकोप राहत कोषको खाता नं. 0330000339CA मा ईच्छाअनुसारको रकम जम्मा गरी त्यसको भौचर संघमा बुझाई दिनपनि महासचिव कंडेलले आग्रह गरे ।

संघका नवनिर्वाचित अध्यक्ष धनबहादुर रावतको नेतृत्वमा संघका पदाधिकारीहरु आफै राहत संकलनमा लागिपरेका छन । कालिकोटमा परेको विपत्तिमा मानवीयताका साथै कालीकोट उद्योग वाणिज्य संघले गरेको आग्रह अनुसार राहत संकलन शुरु गरिएको अध्यक्ष रातवले बताए ।

यस अघिकाे समाचारमा ८० हजार हुनु पर्नेमा अनेर्था भएकाले सच्याइएकाे छ । सम्पादक