☰ open Loading... 26 April 2024|  

प्रदेशका योजना, जिल्लामा विवाद
  | १२ फाल्गुन २०७५, आईतवार १८:४५

दैलेख । कर्णाली प्रदेश सरकारबाट छुटटाईएको योजनाहरु जिल्लामा विवादित भएको छ । जनप्रतिनिधिहरु, सांसद र स्थानीयहरुविच नै योजना कार्यान्वयनका विषयलाई लिएर विवाद चुनिएको हो ।

पंचकोशी सर्केट, दुल्लु ब्याउली सडकमा कहाँबाट काम गर्ने र केके काम गर्ने भन्ने विषयमा जनप्रतिनिधिहरुको मत विभाजन हुन थालेपछि निर्णय हुन सकेको छैन् । पंचकोशी सर्केटमा १ करोड ५० लाख र दुल्लु ब्याउली सडकमा २ करोड रुपैँया विनियोजन गरिएको छ । यी दुवै योजनाको काम कहाँ र के गर्ने भन्ने विषयमा ठोस निर्णय हुन नसकेको हो ।

पंचकोशी सर्केटमा काम गर्ने गर्ने भनेर योजना बनाउन सकिएको छैन् । यहाँ तिर्थयात्रीहरुलाई १० वटा धारा र पोखरी निर्माणका लागि योजना सांसद सुसिलकुमार थापाले प्रस्ताव गरेका छन् । आफुले पंचकोशीको विकासका लागि आएको रकम देखिने गरि पूर्वाधार निर्माणमा गर्नुपर्ने राय राखेको सासद थापाले बताए ।

त्यस्तै दुल्लु ब्याउली सडक योजना कहाँबाट सुरु गर्ने विषयमा विवादित भएको छ । भैरवी गाउँपालिकाले आफ्नो क्षेत्रबाट सुरु गर्नुपर्ने अडान लिएको छ भने दुल्लुनगरपालिकाले दुल्लुबाट कामको थालनी गर्नुपर्ने अडान लिएकाले कामकार्वाही अगाडी बढ्न नसकेको जनाईएको छ । विकासमा निकास निकाल्नका लागि सवै पक्षसंग समन्वय भैरहेको जिल्ला संमन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले बताए ।

उनले डिभिजन वन कार्यालय र कृषि ज्ञान केन्द्रमार्फत प्रदेश सरकारले पठाएका योजना बाहेक अन्य योजनाहरु नआएको बताए । डिभिजन वन कार्यालयलाई अख्तियारी आएका दैलेखबजार श्रीस्थान सडक २५ लाख, पंचकोशी सर्केट १ करोड ५० लाख, दुल्लु ब्याउली सडक २ करोड, चाल्ला पहाडा सडक ५० लाख, पंचदेवल धारो साढे ७ लाख, होमस्टे ३५ लाख खाईतडा, कुईयाताल १० लाख, गुरासे भ्यू टावल ३० लाख, अल्लो उद्योगमा ५० लाख रहेको छ ।

श्रीस्थान सडकको टेण्डर भईरहेको छ भने होमस्टको प्रस्तावनका लागि सुचना प्रकाशित भैरहेको डिभिजन प्रमुख मुन रावतले बताए । उनले पंचकोशी सर्केट र दुल्लु ब्याउली योजनामा सहमती नभएकाले काम अघि बढ्न नसकेको बताए ।

पंचकोशी सर्केट नाम दिईएको योजनामा पंचकोशीको विकासका लागि योजना नबनाएर अनावश्यक योजनाहरु आएकाले निर्णय हुन नसकेको एक जनप्रतिनिधिले बताए । सवै रकम पंचकोशी क्षेत्रमा काम देखीने गरि खर्च गर्नुपर्ने उनले बताए ।