☰ open Loading... 17 August 2019|   शनिबार, साउन ३२, २०७६

हाईड्रोले खोला सुकायो

  |

दैलेख, ३.७५ मेगावाटको द्धारीखोला हाईड्रोपावरले खोला सुकाएरै पानी लगेपछि दैलेखको नौमुले गाउँपालिकास्थित द्धारीखोला सुकेको छ । निर्माण प्रर्वधक भुर्गोल ईनजी डेप्लोमेन्ट कम्पन्नीद्धारा सञ्चालित द्धारीखोला हाईड्रोपावरमा सुख्खा मौसममा पुरै पानी लगिएको हो ।


पानी खोलामा नछोडेर लगेका कारण पर्यपरणीय असर परेको छ । खोलामा पानी नबग्दा चलचर लगायत मानवबस्तीमा समेत असर परेको स्थानीयहरु बताउँछन् । ‘खोला बगर भएको छ । खेतहरु खुक्का छन् ।’ स्थानीय सदिप विक भन्छन् ः सिचाईका लागि पानी नहुुुँदा किसानहरु निराश छन् ।’ हाईड्रोले पावर बढाएर आफ्नो ब्यापारका लागि पर्यावरणमा ठुलो असर परेको स्थानीय अगुवाहरु बताउँछन् । अनिवार्य रुपमा ३० प्रतिशत पानी खोलामा हाईड्रोपावर कम्पनीले छोड्नुपर्ने प्रावधान रहेको छ ।
खोला नै स्ुकाएर हाईड्रोले पानी लगेको अनुगमन गर्न जादाँ आफुले देखेको नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताए । ‘जिवजन्तु, वातारण र मानवबस्तीका लागि समेत नसोचेर खोला नै सुकाएर हाईड्रोले पानी लगेको छ ।’ गाउँपालिकाका अध्यक्ष बुढामगरले भने, बारम्वार पानी छोड्न भनेका छौं अव, अँझै अटेर गरे जनताले पानी खोलामा बगाउनेछन् ।’ स्थानीयले पानी छोड्नका लागि कम्पनीलाई भने पनि बेवास्ता गरेको आरोप लगेको छ । द्धारीमा हाईड्रोकै कारण खेतबारीमा पानी सिचित बन्द भएको छ । कम्पनीले आफुहरुले आवश्यकता अनुसार पानी छोडेको जनाएको छ । सुख्खायाममा विद्युत उत्पादनबाट धेरै पैसा आउने भएपछि कम्पनीले खोला नै सुकाएर पानी हाईड्रोतिर लगेको आरोप स्थानीयले लगाएका छन् । स्थानीयहरुले द्धारी खोलामा पानी छोड्नुपर्ने माग गरेका छन् । स्थानीयको माग नियमसंगत रहेको नौमुले गाउँपालिकाले जनाएको छ । कम्पनीले द्धारी खोलाबाट २६ सय मिटर लम्वाई नहर खनेर पाईपलाईनमार्फत १ किलोमिटर डाउन पानी झारेर पावरहाउसबाट विद्युत निकालेको छ ।

प्रकाशित मितिः बुधबार, जेष्ठ २२, २०७६     2:22:21 PM
error: Content is protected !!