☰ open Loading... 26 February 2025|  

लिफ्ट खानेपानीबाट ८२ घरधुरी लाभान्वित
  | ३२ जेष्ठ २०७६, शनिबार १७:२५

रुकुम: रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२ का ८२ घरधुरी खानेपानीको पहुँचमा पुगेका छन्। सिस्नेरी सानीर्खोया पाथीहाल्न लिफ्ट खानेपानी आयोजना निर्माण भएपछि वडा नम्बर १२ पाथीहाल्नका ८२ घरधुरीमा खानेपानीको पहुँच पुगेको हो।

नगरपालिकाको ४५ लाख बजेट र स्थानीयको प्रतिघर २५ दिन श्रमदानबाट खानेपानी आयोजना निर्माण गरिएको हो। सिस्नेरी खोला मुहानदेखि एक हजार ८०० मिटर दूरीबाट खानेपानी ल्याइएको वडा नम्बर १२ का अध्यक्ष टिकाराम ओलीले बताए।

आयोजना सञ्चालन आउनअघि स्थानीयले मुहानबाट दुई घण्टा टाढाबाट पानी बोकेर खाने गरेको वडाध्यक्ष ओलीले बताए। ‘यो खानेपानी आयोजना निर्माण भएसँगै अब स्थानीयले आँगनमै पानी भर्न थालेका छन्,’ उनले भने, ‘केही घरमा अझै प्रक्रियामा रहेको साताभित्रै बाँकी केही घरघरमा पनि धारा जोड्छौँ।’

‘हामीले थाहा पाउने भएदेखि  डोकोमा गाग्री बोक्थ्यौँ। अब त्यो दिनको अन्त्य भयो,’ स्थानीय मङ्गली ओलीले भनिन्, ‘बिहान ४ बजेदेखि नै पानी बोक्नु पर्थ्यो। घरमा काम गर्ने समय पुग्दैन्थ्यो। अब ढुक्कसँग काम गर्न पाइने भो समयको बचत भो।’