☰ open Loading... 24 December 2024|  

पृतनापति ट्रफीको उपाधि १९ नम्बर बाहिनीले जित्यो
  | २० असार २०७६, शुक्रबार १७:१४

सुशील खड्का
सुर्खेत । सुर्खेतमा जारी पृतनापति ट्रफीको उपाधि १९ नम्बर बाहिनी अड्डाले जितेको छ । उत्तरपश्चिम पृतनापति उपरथी सरोजप्रताप राणाले आज एयरर्पोट ब्यारेकमा आयोजित समापन कार्यक्रममा १९ नम्बर बाहिनी अड्डालाई ट्रफी हस्तान्तरण गर्नुभएको हो ।

 
फाइनल खेलमा फुटबलतर्फ नयाँ सबुज गणलाई नन्दाबक्स गणले ३–० ले हराउँदै विजयी भयो । प्रतियोगितामा बक्सिङतर्फ नन्दाबक्स गण, बास्केटबलतर्फ सबुज गण, एथेलेटिक्सतर्फ नयाँ सबुज गण, स्वीमिङतर्फ ज्वालादल गण, भलिबलतर्फ नयाँ सबुज गण, तानडोरीतर्फ नन्दाबक्स गण र तेक्वान्दोतर्फ नयाँ सबुज गण विजयी भएका थिए ।


सर्वोत्कृष्ट तथा विजयी खेलाडीहरुलाई उपरथी राणाका साथै नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशी र सशस्त्र प्रहरी बल ६ नम्बर बाहिनी मुख्यालयका प्रमुख एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रजाभक्त श्रेष्ठले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । सर्वोत्कृष्ट तथा विजयी खेलाडीले राष्ट्रियस्तरमा सञ्चालन हुने प्रधानसेनापति ट्रफीमा भाग लिनेछन् । प्रतियोगिता यही असार ३ गतेदेखि शुरु भएको थियो ।