☰ open Loading... 15 November 2024|  

यी गल्ती गरे परिन्छ ट्राफिक कारबाहीमा
  | २३ असार २०७६, सोमबार १८:००

  •  सवारीसाधनको स्वरूप परिवर्तन तथा मोडिफाई गरेमा ।
  •  वास्तविक नम्बर प्लेट नराखी आफूखुसी चलाएमा ।
  •  विनाअनुमति ड्राइभिङ प्रशिक्षण केन्द्र, कारखाना तथा वर्कसप सञ्चालन गरेमा ।
  •  दर्ता नगरी सवारीसाधन चलाएमा । निर्धारित दरभन्दा बढी भाडा लिएमा ।
  •  विदेशमा दर्ता भएको सवारीसाधन अनुमति नलिई चलाएमा ।
  •  सार्वजनिक सवारीले बाटोको इजाजतपत्र नलिई यातायात सेवा सञ्चालन गरेमा ।
  •  चालक अनुमतिपत्र प्राप्त नगरी सवारीसाधन चलाएमा ।
  •  सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसमान वा सवारीसाधन राखेमा ।
  •  दुर्घटनामा परेर वा यात्रीको हानि–नोक्सानी गरेर सम्पर्कमा नआएमा ।
  •  मादक पदार्थ सेवन गरी सवारी चलाएमा ।
  •  चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिलाई आफ्नो सवारीसाधन चलाउन दिएमा ।
  •  यात्रु वा मालसमानको हद निर्धारण गरिएभन्दा बढी राखी सवारीसाधन चलाएमा ।
  • ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारी चलाएमा ।
  •  निषेध गरिएको ठाउँ वा समयमा सवारीसाधन रोकेमा ।
  •  निषेध गरिएको ठाउँमा सवारीसाधन मोडेमा वा ध्वनि संकेत दिएमा ।
  •  सडकमा गलत साइडबाट सवारी चलाएमा वा एकतर्फी (वानवे) सडकमा सोविपरीत गाडी चलाएमा ।
  •  अवस्था ठीक नभएको सवारीसाधन चलाएको पाइएमा वा रातिको समयमा बत्ती नबाली ड्राइभिङ गरेमा ।
  •  लापरबाहीका साथ सवारीसाधन चलाएमा । पेटी नबाँधी वा हेल्मेट नलगाई हाँकेमा ।
  •  वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारीसाधन चलाएमा ।
  •  आवश्यक कागजातविना सवारीसाधन चलाइएको पाइएमा ।
  •  यात्रुवाहक सार्वजनिक सवारीमा तोकिएबमोजिमको सिट सुरक्षित नराखेमा ।
  •  सार्वजनिक सवारीसाधनमा धूम्रपान गरेमा ।
  •  खतरापूर्ण मालसमान ढुवानी गर्ने मालवाहक सार्वजनिक सवारीले संकेत देखिने गरी नराखेमा ।
  •  पैदलयात्रुले पेटी भएको सडकमा पेटीबाट नहिँडी सडकमा हिँडेमा अर्थात् निर्धारित स्थानबाट नभएर अन्यन्त्रबाट बाटो काटेमा ।
  •  दर्ता प्रमाणपत्रमा  लेखिएको सिट संख्याभन्दा बढी यात्रु राखी यात्रुबाहक सार्वजनिक सवारीसाधन चलाएमा ।
  •  लामो बाटोमा यातायात सेवा ंसञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीसाधनमा कम्तीमा दुईजना चालक नराखेमा ।
  •  गति निर्धारण गरिएको स्थानमा निर्धारितभन्दा बढी बेगले सवारीसाधन चलाएमा ।
  •  तोकिएको ढाँचाअनुसारको टिकट जारी नगरेमा वा सिटबाहेक अन्य भागमा यात्रु राखेमा ।
  •  अरूलाई खतरा हुने किसिमले सवारी राखेमा वा प्रयोजनविपरीत चलाएमा ।