☰ open Loading... 19 May 2024|  

छाडा पशु व्यवस्थापन गर्न गौशाला निर्माण गरिँदै
  | २४ श्रावण २०७६, शुक्रबार १८:२३

सुर्खेत, छाडा पशु व्यवस्थापनका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले गौशाला बनाउन लागेको छ । छाडा पशु व्यवस्थापन गरी बहुआयामिक कार्यक्रममार्फत जैविक मल, जैविक विषादी र बायोग्याँस उत्पादन गर्ने लक्ष्यसहित गौशाला निर्माणको कार्यक्रम बनाइएको वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले बताइन् । ‘छाडा पशु व्यवस्थापनका लागि गौशाला निर्माणको प्रक्रिया सुरू भइसकेको छ । त्यसबाट बायोग्याँस उत्पादन गरिने छ,’ उनले भनिन् ।

कर्णाली प्रदेश सरकारको ४० प्रतिशत र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ६० प्रतिशत लगानीमा वीरेन्द्रनगरमा गौशाला निर्माण गर्न लागिएको वैकल्पिक ऊर्जाअन्तर्गत केपी व्यवसायी केन्द्र, सुर्खेतका प्रबन्धक कृष्ण ढकालले बताए । पहिलो चरणको निर्माणका लागि एक करोड २५ लाख लागत अनुमान गरिएको जनाएको छ । गौशाला निर्माणका लागि सुब्बाकुनामा झन्डै दुई बिघा जग्गा २० वर्षका लागि भाडामा लिएर काम थालिएको उनले बताए ।