☰ open Loading... 6 May 2024|  

महिलालाई आत्मनिर्भर बनाउन सिप विकास तालिम
  | २४ श्रावण २०७६, शुक्रबार १८:२४

चौरहजारी नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन सिप विकास तालिमलाई जोड दिएको छ । आधारभुतदेखि डिप्लोमासम्मको सिप सिकाई महिलालाई आत्मनिर्भर बनाउनका लागि नगरपालिका लागि परेको छ । सिलाइ कटाइ, मेशिनबाट स्विटर, टोपि लगायतका सामग्री बुनाई, दुना टपरी निर्माण लगायतको सिप सिकाईबाट महिलाहरुलाई आत्मनिर्भर बनाउन नगरपालिकाले विभिन्न सिप विकास तालिमहरु संचालन गरिरहेको नगर उप प्रमुख राधा रोकाले जानकारी दिइन् ।

आम्दानी दिने खालका काममा सामान्य सिपसमेत नभएका कारण महिलाहरु आयआर्जनका काममा लाग्न नसकेकोले उनीहरुलाई सिप विकासको तालिम दिन नगरपालिका लागि परेको उनको भनाई छ । ‘यसैलाई ध्यान दिदै नगरभरीका महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न योजनाका साथ लागिपरेका छौं,’ उनले भनिन । सिप विकास तालिमका साथै नगरपालिकाले महिलाहरुलाई व्यवसायीक अनुदान समेत दिने योजना रहेको उनले बताइन् ।

सिप विकास मात्र गरेर नपुग्ने भएकाले सिकेको सिपलाई प्रयोग गरी व्यवसाय गर्न सकुन भनेर महिलाहरुलाई व्यवसायीक अनुदान दिने योजना बनाएको उप प्रमुख रोकाको भनाई छ ।

आयआर्जन मुलक पेशामा महिलाहरु लाग्न नसकेकाले उनीहरुलाई यस पेशामा आवद्ध गराउन नगरपालिकाको विशेष ध्यान गएको उप प्रमुख रोका बताउँछिन् । ‘महिलाहरु सदिऔं देखि चुलो र चौकोमा मात्र सिमित छन्, उनीहरु आय आर्जनमा जोडिन सकेका छैनन्,’ उनले भनिन, ‘उनिहरुमा सिप विकास गर्न सकियो भने धेरै महिलाहरु आय आर्जनमा जोडिन सक्छन्, यसले समग्र परिवारको आर्थिक स्तर राम्रो हुने छ ।’

नयाँपत्रिकाबाट