सुर्खेत । सुर्खेतकै पूरानो धार्मिक स्थल शीव मन्दिर गुरुयोजनाअनुसार निर्माण गरिने भएको छ । वीरेन्द्रनगर–९ लाटीकोइलीमा रहेको ऐतिहासिक एवम् प्राचिन शिव मन्दिरको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सहितकाे नयाँ स्वरुप सार्वजनिक गरिएको हो । प्रफेक्ट सोलुसन्स पावर एण्ड इन्जिनियरिङ्ग प्रा.लि.ले नयाँ निर्माण हुने शिव मन्दिरको डिपिअार तयार गरेकाे हाे ।
सम्वन्धित समाचारहरू
शिव मन्दिर निर्माणका लागि १ करोड २५ लाख दान रकम संकलन
जिर्ण मन्दिरलाई व्यवस्थित र प्रमुख धार्मिक गन्तव्य बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)को काम सम्पन्न गरेको प्रा.लि.का सञ्चालक दिपक ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ बन्ने मन्दिरमा गेट, सटरसहितको पुजा सामग्री बिक्री कक्ष, अर्धनागेश्वर शिवको मुर्ती, हमन गृह रहने छ । मन्दिर परिसरमा प्रतिक्षालय, चिल्ड्रेन पार्क, भजनकृतन कक्ष समेत थप गरिएको ढकालले जानकारी दिनुभयो ।
‘हामीले डिपिआरको काम सम्पन्न गरेका छौं’ ढकालले भने, ‘सम्पूर्ण प्रतिवेदन मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्दैछौं, चाडै काम भए एक वर्षमा मन्दिरमा सम्पर्ण काम सम्पन्न गर्न सकिने छ ।’ मन्दिरकाे मख्य गेट प्रा.लि.का सञ्चालक ढकालले व्यक्तिगत लगानीमा निर्माण गर्ने छन् ।
जिर्ण मन्दिरलाई व्यवस्थित रुपमा निर्माण गर्न शिवमहापुराण, श्रावण मेला लाटिकोली सुर्खेत धार्मिक शिव महामहोत्सवको आयोजना गरिएको थियो । महामहोत्सवमा १ करोड २४ लाख ६० हजार ५ सय ६९ रुपैया दान संकलन भएको महामहोत्सव मुल आयोजक समितिले जनाएको छ ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्