☰ open Loading... 25 February 2025|  

झ्यारी गाउँमा भालुको आंतक, स्थानीय त्रसित
  | ७ भाद्र २०७६, शनिबार ११:०९

मुगु : छायानाथ रारा नगरपालिका ८ झ्यारी गाउँमा भालुले आंतक मच्चाउन थालेपछि स्थानीय त्रसित भएका छन्। रारा राष्ट्रिय निकुञ्जबाट निस्केको भालुले निकुञ्ज आसपासका वस्तीमा आतंक मच्चाउन थालेपछि स्थानी त्रसित भएका हुन्।

निकुञ्जबाट आएको भालुले स्थानीयका पशु मार्न थालेको छ भने स्याउ बँगैचालगायतका अन्नबाली र फलफूल खान थालेपछि स्थानीय चिन्नत बन्नुका साथै कत्तिखेर भालुले मानवीय क्षति गर्ने हो कि भन्दै त्रसित भएका स्थानीय रत्नबहादुर रावलले जानकारी दिए। उनका अनुसार भालु नियन्त्रण गर्न स्थानीयले रारा राष्ट्रिय निकुञ्ज कार्यालयलाई गुहार मागेका छन्।

बिहीबार र शुक्रबार गरि भालुले झ्यारी गाउँका स्थानीयवासीका तीनवटा गाईगोरू, दुईवटा  घोडा मारिदिएको समेत रावलको भनाई छ। स्थानीय रनबहादुर रावल, विजलाल कामी र गणेश रावलका एक/एक गाई र  लक्ष्मी रावल, शेरसिंह कार्कीका एक एक घोडा भालुले मारेको रावलले बताए।