☰ open Loading... 15 November 2024|  

भिरबाट खसालेर ‘गौहत्या’ प्रकरणकाे राप्रपाद्वारा छानबिनकाे माग
  | १३ भाद्र २०७६, शुक्रबार २१:३७

काठमाडाैं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुर्खेतको जंगलमा भेटिएको मृत गाइ र घाइते अबस्थाको गाइबारे छानविन गर्न माग गरेको छ। शुक्रबार राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एक विज्ञपित जारी गर्दै छानविन गर्न माग गरेको हो।

पढ्नु छुटाउनु भयाे की ः नेपालगञ्जबाट ल्याइएका गाई सुर्खेतमा भीरबाट खसाइयो

जारी विज्ञप्तिमा भनिएको छ ‘नेपालगञ्जबाट दैलेखतर्फ लगिएको भनिएको १५० गाईहरु मध्ये सुर्खेतको कटकुवा भन्ने ठाउँको जङ्गलमा शुक्रबार बिहान २३ वटा गाई मृत अवस्थामा भेटिएको र केही गाइहरु घाइते अवस्थामा रहेको भन्ने समाचार प्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ। हिन्दुहरुको आस्था एवं राष्ट्रिय जनावर गाई एकैपटक ठूलो संख्यामा मृत भेटिनु दुःखद, शंकास्पद र निन्दनीय छ।’

घटनाको तत्काल छानबिन गर्न तथा यदि नियतवश यो जघन्य अपराध भएको हो भने दोषी पत्ता लगाई कडा कारबाही गर्न सरकारसँग राप्रपाले माग गरेको छ।