☰ open Loading... 15 November 2024|  

गौहत्या गर्नेलाई कारवाहीको माग राख्दै प्रदर्शन
  | १४ भाद्र २०७६, शनिबार ११:१४

डेस्क सम्वाददाता
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गौहत्या गर्नेलाई कारवाहीको माग राख्दै प्रदर्शन गरिएको छ । नेपालगञ्जबाट दैलेखको पठाएका गाई सुर्खेतको वीरेन्द्रनगर १४ कटकुवा र सुब्बाकुना नजिकै दुई दर्जन बढी गाइ भीरमा मृत अवस्थामा भेटिएपछि कारवाहीको माग राख्दै प्रदर्शन गरिएको हो ।

सम्वन्धीत समाचार
नेपालगञ्जबाट ल्याइएका गाई सुर्खेतमा भीरबाट खसाइयो
भिरबाट खसालेर ‘गौहत्या’ प्रकरणकाे राप्रपाद्वारा छानबिनकाे माग
कटकुवा छाडिएका गाई फेरी नेपालगञ्ज पठाइयो


इलेक्ट्रोकोनि बस्तुगत समिति सुर्खेतका अध्यक्ष भुवन ज्ञवालीले दर्जनबढी गाई मृत भेटिनु रहस्यमय भएकाले उचित छानविनको माग गर्नुभएको छ । उहाँले घटनामा ट्रक चालक मात्रै नभई अन्य व्यक्तिको संलग्नता रहन सक्ने भन्दै निष्पक्ष छानविन गर्न आग्रह गर्नुभयो ।


म्ंगलगढी चौकबाट निकालिएको र्याली वीरेन्द्रचौकमा पुगेर सभामा परिणत भएको थियो । सभामा बोल्ने अधिकाँश अगुवाहरुले रातारात नेपालगञ्जका गाईगोरु सुर्खेतहुँदै दैलेख लैजानुको कारण सार्वजनिक गर्न माग गरेका छन् ।