☰ open Loading... 1 May 2024|  

मेहलकुनामा आगलागी, नियन्त्रणकाे प्रयास जारी
  | २१ भाद्र २०७६, शनिबार १०:५०

डेस्क सम्वाददाता
सुर्खेत । पूर्वी सुर्खेतको मेहलकुनामा आगलागी भएको छ । गुर्भाकोट नगरपालिका–८ मेहलकुनामा आगलागीहुँदा दुई घरमा क्षेत्री पुगेको प्रहरीले जनाएको छ ।

स्थानीय तिर्थबहादुर बुढाथोकी घरबाट शुरु भएको आगो अझै नियन्त्रणमा आउन नसकेको शिक्षक इन्द्र थापाले जानकारी दिनुभयो । आगो नियन्त्रणका लागि भेरीगंगा नगरपालिकाबाट दमकल पठाइएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिनुभयो । मेहलकुना प्रहरी र स्थानीय नागरिकहरु आगो नियन्त्रण गर्न लागि रहेका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।