☰ open Loading... 26 April 2024|  

मृगौलाको उपचारमा सहयोग गरिदिन दैलेखकी विष्णुकुमारीको अपिल
  | २७ भाद्र २०७६, शुक्रबार २२:२७

काठमाडौं । दुवै मृगौला फेल भएर उपचार गराइरहेकी दैलेखकी विष्णुकुमारी खड्काले उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेकी छन् ।

दुल्लु–७ निवासी ५३ वर्षिया खड्का लामो समयदेखि दुवै मृगौला फेल भएर नेसनल डाइलासिस सेन्टरमा उपचार गराइरहेकी छन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोग गर्न उनले सबैसँग आग्रह गरेकी हुन् ।

आर्थिक रुपमा कमजोर खड्काको मृगौला प्रत्यारोपणका लागि आर्थिक अभाव भएपछि अहिले उनका आफन्त सहयोगको खोजीमा छन । खड्कालाई सहयोग गर्न उनकै नाममा रहेको एनआईसी एशिया बैंकको खाता नम्बर ६०८७०३५१८३१५२४०१ मार्फत् सहयोग गरेर आफ्नो ज्यान बचाइदिन खड्काले आग्रह गरेकी छन् । वा, उनको आफन्त सुबोद थापाको मोबाइल नम्बर ९८४३५०१०२९ मा सम्पर्क गर्न सकिनेछ ।