☰ open Loading... 26 April 2024|  

प्रहरीद्वारा बन्धक महिलाको उद्धार
  | ४ आश्विन २०७६, शनिबार १०:१०

दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेखले श्रीमानले शारिरिक तथा मानसिक यातना दिएर घरमा बन्धक बनाएर राखेको अवस्थामा एक महिलालाई उद्धार गरेको छ । चामुण्डाविन्द्रासैनी नगरपालिका –४ आरपाटामा घरेलुहिंसाले ग्रस्त महिलालाई बन्द कोठाबाट प्रहरीले उद्धार गरेको हो ।
१६ वर्ष पहिला बालविवाह गरेकी वर्ष २६ कि (नाम परिवर्तन) सुनिता शाहीलाई श्रीमान वर्ष ३० का मोहन शाहीले ९ वर्षदेखी यातना दिर्दै आएको खुलेको छ । दुई वर्षदेखी चरम यातना दिएर घरमा थुन्ने गरेको पिडितले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । सुचनाको आधारमा प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरि उपचार गराएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपी) हरिबहादुर ओलीले जानकारी दिए । खवर पाएलगत्तै प्रहरी टोली महिलालाई उद्धार गर्न पुगेको थियो । जिल्ला अस्पतालमा उनको उपचार भईरहेको छ । प्रहरी पुग्दा शरिरमा चोटपटक लागेको, लडेको अवस्थामा भेटिएकी थिईन् । प्रहरी पुगेको खवर पाएपछि श्रीमान फरार छन् । ‘मानशिक र शारिरिक रुपमा श्रीमानबाट गम्भिर यातना दिईएको छ ।’ दैलेख प्रहरी प्रमुख ओलीले भने, कानुनी उपचारका लागि प्रकृया अघि बढीसकेको छ ।’ घरमा खान नदिने, खर्च गर्नका लागि पैसा पनि नदिने, घरबाट बाहिर जान नदिने, ९ वर्षदेखी तनाव दिईएको पिडितको भनाई छ । पिडक मोहन शाही अस्थाई शिक्षक हुन् । ९ वर्षदेखी विभिन्न बाहनामा यातना दिदैं आएपनि २ वर्षदेखी चरम दुःख दिने गरेको पिडितले दिएको जाहेरीमा उल्लेख छ । शरिरमा चोटपटक, निलडामहरु देखीएकोले प्रहरीले अहिले उपचार गराईराखेको छ । नगरपालिकामा रहेको न्यायिक समितिमा मेलमिलाप समेत भएको हो तर, घर आएलगत्तै फेरी यातना दिन सुरु गरेको पिडितले बताउँछिन् । अरु केटीसंग लागेको र विवाह गर्ने तयारी गरेकाले आफुलाई ९ वर्षदेखी यातना दिएको पिडितको भनाई छ । घरेलु हिसांमा प्रहरीसमक्ष पिडितले जाहेरी दिएकी छिन् । बालविवाहकै उपज यस्ता घटनाहरु समाजमा घटिरहेको जिल्ला प्रहरी प्रमुख ओलीले बताए । सानैमा विवाह त्यसको केही वर्षपछि घरेलुहिंसा हुँदै सम्वन्ध विच्छेदसम्मका घटनाहरु बढी रहेको उनको भनाई छ । हिसांमा रहेका महिलाहरुसंग काम गर्ने संघसस्थाको संरक्षणमा पिडित महिलालाई राखीएको प्रहरीले जनाएको छ ।