☰ open Loading... 17 May 2024|  

वडाअध्यक्षदेखी डिएसपीसम्मले अभिनय गरे
  | ७ कार्तिक २०७६, बिहीबार ०८:२७

दैलेख, दैलेखका केही भागमा शिल्पी कला समुहले बाल विवाह, जुवा तास र मदिरा सेवन न्यूनियकरण गर्नका लागि तयार पारेको शिल्पी नाट्य यात्रामा वडाअध्यक्षदेखी प्रहरी प्रमुख (डिएसपी) सम्मले अभिनय गरे । डुंगेश्वर गाउँपालिका – १ चुप्रामा भएको नाटकमा वडाअध्यक्ष लोकबहादुर डागीले बालविवाह नगर्न अनुरोध गर्दै वडाअध्यक्षको भुमिकामा अभिनय गरे ।

उनले वडाअध्यक्षको अभिनय गर्दै बालविवाह रोक्नका लागि वडा कार्यालयले गरेका कामबारे प्रस्तुत गरे । त्यस्तै दैलेखका प्रहरी प्रमुख (डिएसपी) हरिबहादुर वलीले पनि जुवा तास, मदिरा सेवन गर्नेहरुलाई पक्राउ गरेर कार्वाही गरे । त्यस्तै उनले बालविवाह रोक्नका लागि समाजमा अभिभावकहरु नै चनाख भएर लाग्नुपर्ने बताए । दर्शकहरुले अभिनयनै गरेका प्रहरी प्रमुख र वडाअध्यक्षलाई देखेर दंग परे । नाटककै अन्त्यतिर प्रहरी र वडा अध्यक्षको रोल आएको थियो । नजिकै बसेका उनीहरु मञ्चतिर गए । अभिनय शैलीमा उनीहरुले त्यहा रहेका कलाकारहरुसंग अभिनय गरेका थिए । जिल्लामा काम गर्ने प्रहरी अधिकारीदेखी वडाअध्यक्षले बास्तविक चित्रण हुने गरि अभिनय गरेपछि दर्शकहरु प्रभाव परेको थियो ।

विद्यालय पढ्दा पढ्दै विवाह गर्ने र घरेलु हिसां हुने नाटकमा चित्रण गरिएको छ त्यस्तै जुवा तास, मदिरा सेवन रोक्नका लागि अदभुत शैलीमा कलाकारहरुले अभियन गरेका थिए ।

शिल्पी नाट्य यात्राका क्रममा असोज २८ देखी कात्तिक २४ गतेसम्म देशका विभिन्न भागमा प्रहरी आधुनिकिकरण तथा सुधार परियोजना एम.आई.पी.पी. अन्तर्गत यूएनओपीएससंगको सहकार्यमा नाटक देखाईएको हो । नाटकको निर्देशक ः घिमिरे युवराजले गरेका हुन् । नाटक स्थलमै उनीहरुले कलाकारसंगै दर्शकहरुलाई कानुनी कुरा गरे