☰ open Loading... 2 May 2024|  

एशियन लाईफ इन्स्योरेन्सको शुभकामना आदान–प्रदान
  | ७ कार्तिक २०७६, बिहीबार ०८:३०

दैलेख । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड प्रस्ताविक शाखा दैलेखको आयोजनामा दैलेख जिल्लाको भैरवी गाउंपालिकामा सम्पन्न भएको एशियन लाईफ ईन्स्योरेन्स कम्पनीको शुभकामना तथा अभिकर्ता पूर्नताजगी तालिममा एशियन लाईफ इन्स्योरेन्स प्रस्तावित शाखा दैलेखमा प्रमुख मिलन श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । पूर्नताजगी तालिम कार्यक्रममा बोल्दै श्रेष्ठले अझै पनि धेरै जसो नेपालीहरुमाझ जीवन बीमा के हो भनेर प्रस्ट भएको छैन । शिक्षा र चेतनाको स्तर बढेको भनिएको अहिलेको २१ औं अवस्थामा पनि नेपालीहरुमाझ जीवन बीमा गराउन जाने जीवन बीमा सम्बन्धी तालिम लिएका बीमा एजेन्टहरुले नै कतिपय अवस्थामा केही मान्छेहरुलाई बुझाउन कठीन भएको बताउनु भयो ।

भैरवी गाउंपालिकामा सम्पन्न शुभकामना आदान–प्रदान कार्यक्रममा कम्पनीका सिनियर बिजनेश म्यानेजरहरु दिपकबहादुर कार्की, लक्ष्मी प्रसाद जैसी, शान्ति प्रसाद जैसी, बिजनेस म्यानेजरहरु ईश्वर प्रसाद आचार्य, जानकी राना यसै गरी अभिकर्ताहरु लालबहादुर महतरा,राजेश नेपाली, तुलबहादुर हमाल,प्रदिपकुमार कडेल, देवीराम शर्मा९तिवारी०, सीताकुमारी मेदासी, रामकृष्ण कठायत, पूर्णबहादुर गुरुङ्ग, दुर्गबहादुर गुरुङ्ग, प्रमिला अधिकारी र बीमितहरुको उल्लेखनिय उपस्थित रहेको थियो । शुभकामना आदान प्रदान सहित पूनरताजगी कार्यक्रमा सहभागीहरु बिच शुभकामना आदान–प्रदान सहित जीवन वीमाको महत्व र हाल जीवन बीमाको व्यवसाय र यसले बजारमा खेलेको भुमिकाको बारेमा छलफल गरिएको थियो ।