☰ open Loading... 1 May 2024|  

कर्णाली राजमार्गका रिफ्रेस सेन्टर प्रयोगविहिन
  | २१ कार्तिक २०७६, बिहीबार १७:४७

दैलेख । कर्णाली राजमार्गमा धेरै दुर्घटना हुन थालेपछि चालक र यात्रुलाई आरामका लागि बनाईएको रिफ्रेस सेन्टर अहिले प्रयोग विहिन भएको छ । कर्णाली राजमार्गमै एक मात्र स्थापना भएको दैलेखको रार्कमकर्णालीमा बनाईएको सेन्टरमा यात्रु बहाक सवारी साधनहरु रोक्न छाडेपछि प्रयोग विहिन भएको हो ।

४ वर्षअघि स्थापना भएको रिफ्रेस सेन्टरमा यात्रुबहाक सवारी साधनहरुले ट्राफिक प्रहरीलाई समेत अटेर गरेर हिड्ने गरेको हुन् । राकमकर्णालीस्थित खोलीबजारमा खानेपानी, शौचालय र आराम गर्ने होटल, खाना नास्ता पाउने स्थान हेरेर रिफ्रेस सेन्टर खोलीएको थियो । त्यहाँ यात्रुको गुनासो सुन्नका लागि ट्राफिक प्रहरीको पोष्ट बनाईएको थियो ।

आजभोली सवारीहरु अटेर गरेर हिड्ने गरेको गुनासो ट्राफिक प्रहरीले गरेका छन् । प्रहरीलाई हटेर गरेर गाडीहरु रिफ्रेस सेन्टरमा नरोकिने गरेको दैलेख प्रहरी प्रमुख (डिएसपी) हरिबहादुर वलीले बताए । यात्रुलाई सुविधा नभएको भन्दै सवारी चालकले गाडी नरोक्ने गरेको बताउँछन् । दैलेख प्रहरी प्रमुख वलीले त्यहाँको साँगुरो भएकाले नयाँ ठाउँमा सेन्टर बनाउने तयारी भईरहेको बताए ।

दुर्घटना बढेसंगै प्रहरीले कर्णाली राजमार्गमै जोडिएको रार्कमकर्णालीस्थित खोलीबजार छेउमा रहेको खाली जग्गामा खोलेको रिफ्रेस सेन्टर स्थापना गरेको हो । लामो यात्रा गरेर थकित चालक र यात्रुलाई केही छिन आराम गर्नका लागि बनाएको रिफ्रेस प्रयोग विहिन हुन थालेपछि यात्रुहरुलाई असुविधा भएको हो ।

सवारी चालकको मनपरिका कारण यात्रुहरुले समेत सुविधा लिनबाट बञ्चित भएका हुन् । रिफ्रेस सेन्टरमा प्रहरीले गाडीको अवस्थाबारे सोधपुछ गर्थे र गाडी स्टाफहरुलाई ट्राफिक नियमबारे ज्ञान दिन्र्थे तर, अचेत सेन्टरमा गाडी नरोकिने गरेपछि मनपरि हिड्ने गरेका हुन् ।

दुर्घटना न्यूनिकरण गर्न कर्णाली राजमार्ग अन्र्तगत दैलेखको राकमकर्णालीमा रिफ्रेस सेन्टर स्थापना भएसंगै धेरै दुर्घटना केही वर्षयता रोकिएको थियो । लामो यात्रा गरेका यात्रुहरुलाई मात्र खानेपानी र शौचालयको सुविधा पनि भएको थियो । दुर्घटना घटाउन गरिएको यो प्रयास प्रहरीकै लापरवाहीका कारण अहिले असफल हुन थालेको छ ।

१५० देखी २०० किलोमिटर दुरीको फरकमा प्रहरी अवधारण अनुसार रिफ्रेस सेन्टरको स्थापना गरिएको थियो । कर्णाली राजमार्गमै यो एक मात्र रिफ्रेस सेन्टर हो । कर्णाली छिर्ने हुन या कर्णालीबाट फिर्ता भएका सवारीसधन सवै रार्कमको खोलीबजारमा रहेको रिफ्रेस सेन्टर अनिवार्य रोकिने नियम अहिले फितलो हुन थालेको रार्कमका स्थानीय ब्यवसायी नैनबहादुर शाहीले बताए । łयात्रुलाई धेरै सुविधा भएको थियो ।

स्थानीय ब्यवसायी शाहीले भने, सुविधासम्पन्न शौचालयदेखी चौविसै घण्टा खानेपानी राखीएको थियो । दुघर्टना पनि रोकिएको थियो । रोक्नै पर्ने नियम किन फितलो भएको हो बुझ्न सकिएन् । सेन्टर स्थापनापछि यात्रुले सुविधा भोग गर्र्थे भने, गाडीका पाटपुँजा चेक जाँच गरेर सवारीसाधन गन्तब्यमा हिड्ने गर्दर्थे । ईलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी पोष्ट भएपनि रिफ्रेस सेन्टर मजबुध गराउन नसक्दा नियम फितलो भएको हो ।