☰ open Loading... 16 November 2024|  

दैलेखमा हाकाहाकी ठगिन्छन् यात्रु
  | २२ कार्तिक २०७६, शुक्रबार १७:३३

दैलेख । दशैंमा क्षमतभन्दा बढी यात्रु कोचेर दैलेख सदरमुकामबाट गाउँ जाने यात्रुहरुलाई साना सवारी साधनहरुले ओसारे । अँझ त्यसमा पनि भाडा दर छोईनसक्नु छ । आफुखुसी भाडा निर्धारण गर्ने गरेको यात्रुहरुले गुनासो गरे । दैनिक एक सयभन्दा बढी जिपहरु विभिन्न गाउँमा यात्रु लिएर पुग्ने गर्दछन् । जिप संञ्चालकहरुबाट यात्रुहरु ठगिने गरेपनि नियमन गर्ने निकाय नहुँदा उनीहरु छाडा बनेका हुन् । जिप संञ्चालकहरुले यात्रुहरुबाट मनपरि भाडा असुल्न थालेपछि यात्रुहरु ठगिने गरेका छन् ।

जिल्ला बाहिर र भित्र भाडा निर्धारण गर्ने स्थानीय प्रशासनले स्थानीय जिप संञ्चालकहरुका लागि भाडा निर्धारण गर्न नसक्दा यात्रुहरु ठगिने गरेका हुन् । खुलेआम रातो नम्वर प्लेटका निजी जिपहरु भाडामा यात्रु कोचेर हिड्ने गरेको स्थानीय पुस्कर थापाले बताए । एक दर्जन दर्जन बढी स्थानहरु पुग्ने यात्रुहरु संञ्चालकहरुले तोकेको मनपरि भाडा तिर्न बाध्य भएको बताउँछन् ।

जिप चढेपछि उनीहरुले भनेको भाडा तिर्नुपर्ने बाध्यता हुने गरेको महावु गाउँपालिकाका हरि शाहीले बताए । सदरमुकामबाट दुल्लु, डाँडीमाँडी, खरिगैरा, नौमुले, जम्वुकाँध, वडाखोला, कुसापानी, काँशिकाध, पातिकाल्ला, अवलपुराजुल, बेस्तडा लगायतका स्थानमा जाने र आउने यात्रुहरु बास्तविक भाडादरभन्दा दोब्वर पैसा तिरेर यात्रु गरिरहेका छन् । दुल्लु – दैलेख २२ किलोमिटरमा यात्रुले ३ सय तिर्छन् । यात्रुहरु हाकाहाकी ठगिने छन् ।

सामुदायिक प्रहरी सेवा केन्द्र दुल्लूका अध्यक्ष जग्यबहादुर शाहीले दुल्लू दैलेखबजार सडक खण्डमा रुट परमिट नहुँदा गाडी सञ्चालनमा समस्या परेको बताए । ‘१२ किलोमिटर दुरीका लागि जीप भाडा ३ सय ५० रुपैंया तिर्नुपर्छ’ उनले भने, ‘एउटा नगरपालिकाबाट अर्को नगरपालिकामा पुग्न बस सेवा सञ्चालन नहुनु लाजमर्दो अवस्था हो ।’

कतिपय स्थानहरुमा रुट परमिटविनै सार्वजनिक सवारी साधनहरु आफुखुसी सञ्चालन भईरहेको दैलेख ट्राफिक कार्यालयले जनाएको छ । जनशक्ति कम हुँदा ट्राफिक सवै स्थानमा पुग्न नसक्ने अवस्थामा आखा छलेर जिपहरु यात्रु बढी हालेर हिडेसमेत गरेको छ ।

भाडाँ बढी लगेमा, बढी यात्रु हालेमा यात्रुहरुले गोप्य रुपमै हामीलाई सुचना दिए त्यस्ता सवारी साधनलाई कार्वाही गरिने दैलेख ट्राफिक कार्यालयका प्रमुख नन्दलाल जैसीले बताए । उनले यात्रुहरु आफै जागरुक हुुनुपर्ने बताए ।

‘जीपमा कोचाकोच गरेर आफै यात्रा गर्नुभएन’ दुल्लुका नगरप्रमुख घनश्याम भण्डारीले भने, यात्रु पनि अव, सजग हुनुपर्ने अवस्था आएको छ ।दैलेख प्रहरी प्रमुख (डिएसपी) हरिबहादुर वलीले नियमविपरित चलेका सावरी साधनहरुलाई नियन्त्रणमा लिने काम भईरहेको बताए । यात्रु बोक्ने रातो नम्वर प्लेटका जिप र बढी भाडा लिनेहरुलाई निगरानी राखेर कार्वाही गरिने डिएसपी वलीले बताए ।