☰ open Loading... 26 April 2024|  

एनआइसी बैंकको शुल्क घटाउन माग
  | ४ मंसिर २०७६, बुधबार ११:१०

सुर्खेत । नविकरणका नाममा एनआइसी एशिया बैंकले मनपरी शुल्क लिएकोमा सुर्खेत उद्योग बाणिज्य संघले ध्यानकर्षण भएको जनाएको छ । संघले विज्ञप्ती जारी गर्दै बैंकले विभिन्न वहानामा लिँदै गरेको शुल्क घटाउन ध्यानाकर्षण गराएको हो ।


महासंघको केन्द्रीय कार्यालयलाई सम्बोन्धन गर्दै संघले अविलम्ब बंैकले उठाउँदैै आएको शुल्क घटान माग गरिएको छ । महासचिव लक्ष्मण कंडेलद्वारा हस्ताक्षर विज्ञप्तीमा स्थानीय तहहरुले विभिन्न शिर्षकमा संकलन गर्ने करको दायित्व नीजि क्षेत्रले पूर्ण सहजता एवम् इमान्दारिताका साथ उठाइरहेको जानकारी गराएको छ ।

‘बैंकको सुर्खेत शाखाले विभिन्न शीर्षकमा प्रवाह गरेको ऋण लगानीमा राष्ट्र बैंकको नीतिविपरित नीजि क्षेत्रलाई मर्का पारिरहेको छ’ विज्ञप्तीमा भनिएको छ, ‘नविकरण गर्दा तीन प्रतिशत चर्को नविकरण शुल्क उठाउनु राष्ट्र बैंकको नियम विपरित रहेकाले एकपक्षिय निर्णय सच्याउन माग गर्दर्छौं ।’ बैंकको यस्तो कार्यले जिल्लाको नीजि क्षेत्र नै पीडित हुने अवस्था आएको विज्ञप्तीमा उल्लेख छ । ठूलासाना उद्यागी व्यापारी व्यवसायीमाथि लादिएको चर्को नविकरण शुल्क घटाएर बैंकिङ्ग कारोवार गर्ने वातावरण मिलाउन संघले अनुरोध गरेको छ ।