☰ open Loading... 12 December 2019|   बिहिबार, मंसिर २६, २०७६

सार्वजनिक कार्यक्रममा नधाउन मन्त्री र सचिवलाई मुख्यमन्त्रीको निर्देशन

  |

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको तीन महिना मन्त्री र सचिवलाई सार्वजनिक कार्यक्रममा नजान निर्देशन दिएका छन् । पहिलो चौमासिक प्रगित समिक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले बजेट कार्यान्वयनका लागि अबको ३ महिना महत्वपूर्ण हुने भन्दै सार्वजनिक कार्यक्रममा नधाउन निर्देशन दिएका हुन् ।


‘मन्त्री तथा सचिव कोही पनि विदामा नवस्नुस, संघीय सरकारका कार्यक्रम हुन की गैरसरकारी निकायका कार्यक्रमका हुन कतै नजानुस्’ मुख्यमन्त्रीले भने ।

दोस्रो चौमासिकमा हरेक मन्त्रालयको प्रगति ४५ प्रतिशत अनिवार्य पु¥याउन निर्देशन शाहीले दिएका छन् । बजेट कार्यान्वयनमा केन्द्रीत हुन विषयगत मन्त्रालयका मन्त्री तथा सचिवलाई गम्भीर हुन आग्रह शाहीको थियो ।

आगामी ३ महिनाको कार्यसम्पादनको आधारमा मन्त्री तथा सचिवको कार्यक्षमताको मुल्यांकन हुने उनको भनाइ थियो । ‘संसदले पास गरेको नीति, कार्यक्रम तथा वजेट कार्यान्वयमा हुने अलमल, ढिलासुस्ती, लापरवाही कुनैपनि अर्थमा क्षम्य हुँदैन,’ उनले भने, ‘वजेट कार्यान्वयका क्रममा देखिएका समस्या तुरुन्तै सम्बन्धित पक्षलाई जानकारी गराउनु होस् । बजेट कार्यान्वयनमा कहाँ समस्या आउछ तुरुन्तै रिपोर्ट गर्नुस ।’

नीतिगत, कानूनी, तथा व्यवहारिक समस्या जे आउछ तुरुन्त सामाधान गरेर अगाडि बढ्न आग्रह गरे । ‘काम गर्न सकिँदैन भने ईमान्दारिका साथ सक्दिन भन्नुहोस,’ मुख्यमन्त्री शाहीले भने, ‘आर्थिक वर्षको अन्तमा मन्त्रालयको प्रगति कमजोर देखिए त्यो भन्दा ठूलो जनताप्रतिको धोका अरु केही पनि हुनै सक्दैन ।’

प्रदेश सरकारले तय गरेको नयाँ संगठन संरचना वमोजिमका कार्यालय स्थापना तथा कर्मचारी व्यवस्थापनका कारण प्रथम चौमासिकको प्रगति सन्तोषजनक नदेखिए पनि दोश्रो चौमासिकको प्रगति उत्साहजनक हुनुपर्नेमा मुख्यमन्त्री शाहको जोड थियो ।

प्रकाशित मितिः आइतवार, मंसिर १५, २०७६     8:10:59 PM
error: Content is protected !!