☰ open Loading... 23 December 2024|  

नेताले झुक्याए ः ‘चुनावका आश्वासन पूरै भएनन्’
  | २४ पुष २०७६, बिहीबार १०:२१

दैलेख । प्रदेश सभाको निर्वाचन सम्पन्न भई जनप्रतिनिधी चयन भएको २ वर्ष विति सकेको छ । निर्वाचन पछि विजयी भई कर्णाली प्रदेश सभा भवन सुर्खेत छिरिसकेपछि आफुले निर्वाचनका वेला प्रतिवद्धता विर्सिसकेका छन् ।

२०७४ मंसिर २१ मा भएको निर्वाचनका प्रदेश सभा उम्मेदवारले आफुलाई सपना देखाएर भोट लिएको नौमुले बासीले गुनासो गरेका छन् । नौमुलेमा रिङरोड ल्याईदिने आशले भोट दियौं । विजयपछि भोट दिएकै दैलेख क्षेत्र १ ख का प्रदेश सांसद अमरबहादुर थापाले नौमुलेलाई विभेद गरेको द्धारीका स्थानीयबासी शशिराम रोकाले दुखेसो पोखे । विकासका सपना पुरा हुन्छन् भन्ने आशाले नौमुले बासीले जिताए, जितेर गएपछि फर्कि हेरेनन् उन्ले भने ।

रोजगारीका थुप्रै अवसरहरु श्रृजना गरि यूवाहरुलाई रोजगार दिने, कृषिलाई आधुनिकीकरण गरी किसानलाई व्यवसायिकरण गर्ने, जडिवुटी तथा वेमौसमी तरकारीका लागि पकेट क्षेत्रका रुपमा विकास गर्ने देखि विकासमा सबै पुर्वाधारहरु खडा गर्ने सम्मका आश्वासन जितेर गएका माननीयले दिएर गएका थिए । अन्य पालिकामा वढि चासो दिएर नौमुलेलाई विकासका योजनामा उपेक्षा गरेको गुनासो नौमुले वासीको छ ।

माननिय बन्न जसरी अरु पालिकाका नागरिकले भोट दिए त्यसरी नौमुले वासीले पनि भोट दिएका हुन् विकासमा किन यसरी विभेद गरियो उनिहरुको प्रश्न छ । सदरमुकाम देखि नौमुले जाने सडक खण्डको वेहाल छ, प्रदेश माननीयको दृष्टि किन पुगेको छैन, स्वास्थ्य, खानेपानी, सिचाई लगाएतका योजनाहरु प्रदेश सरकार वाट नआएको नौमुलेका नागरिकको गुनासो छ ।

द्धारी हाइडो पावर नजिकको चट्टान कटान गर्नका लागी प्रदेश सरकारवाट योजना ल्याउने आश्वासन मात्र दिए माननीयले, त्यो अहिले सम्म पुरा भएन स्थानीय तुलवहादुर घर्तिको गुनासो छ । शैक्षिक स्तर उन्नती गरेर गुणस्तरिय शिक्षा वनाउन पहल गर्ने आश्वासन सपनामै सिमित रह्यो घर्तिले भने ।

नौमुले गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष गगन रोका मगरको गुनासो पनि उस्तै छ । रोकाले भने, ‘हरेक पालिकामा प्रदेश क्षेत्र विकासको रकम जान्छ तर नौमुलेमा आउँदैन, पालिकामा जुन पार्टीको सत्ता भए पनि प्रदेश क्षेत्रको भु–भागमा नौमुले पनि पर्छ त्यहाँ पनि नागरिकको वसोवास छ भन्ने कुरामा किन सासदले हेक्का राख्दैनन् ।’

नौमुले प्रदेश क्षेत्रको विकट पालिका हो, यहाँ त माननीयको विशेष दृष्टि पुग्नु पर्ने हो तर विशेष वजेट अन्तै जान्छ, यसरी उपेक्षा रहि रहने हो भने गाउपालिका कै भर कति परिरहन्छन् जनता रोकाले भने ।

‘हरेक चुनावमा हामीले नेताहरुलाई पटक–पटक भोट दियौँ । जितायौँ । तर जितेर गैसकेपछि कसैले पनि फर्केर हेरेनन् ।’ स्थानीय लालवहादुर चन्दले भने । यसरी नै उपेक्षा रहिरहने हो भने नौमूलेका वासिन्दाले आगामी निर्वाचनमा नयाँ नेता खोज्नु पर्ने चन्दको तर्क छ ।

२०७४ सालमा भएको निर्वाचनका वेला दैलेख निर्वाचन क्षेत्र नं. १ ख का उम्मेदवार सांसद अमरवहादुर थापाले नौमूले गाउँपालिकामा संचालन भईरहेका प्राथमिक विद्यालयलाई निम्न माध्यामिक, निम्न माध्यामिक विद्यालयलाई माध्यामिक र माध्यामिक विद्यालयलाई उच्च मावि वनाउन आवश्यक पहल गर्ने आश्वासन दिएका थिए । अहिले सम्म त्यो आश्वास नत पुरा भएको छ, नत कामको सुरुवात नै भएको छ । स्थानीयले दुखेसो पोखे ।