☰ open Loading... 26 April 2024|  

सीटी बसपार्क सञ्चालनमा नअाउँदै तोडफोड, दुई पक्राउ
  | २९ पुष २०७६, मंगलवार १६:०८

सुर्खेत । नयाँ बसपार्क सञ्चालनमा नआउँदै एक समुहले सीटी बसपार्कमा तोडफोड गरेका छन् । वीरेन्द्रनगर–६ मा रहेको सीटी बसपार्कमा रहेका झ्याल र ढोकाहरु केही युवाहरुले तोडफोड गरेका हुन् ।

तोडफोड गरेको भन्दै प्रहरीले वीरेन्द्रनगर–६ का लोमन थापा र वीरेन्द्रनगर–१० का सुरेश वोगटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक एवम् अनुसन्धान अधिकृत भरत शाहले जानकारी दिए ।

तोडफोडमा संलग्न एक जना फरार छन् उनको पहिचान नखुलेको शाहको भनाई छ । फरार व्यक्तिको खोजी भइरहेको पनि शाहले जनाए ।

तोडफोडबाट बसपार्कमा रहेको टिकट काउन्टर भवनको मुख्य ढोकासहित आधा दर्जन झ्यालहरुको सिसामा क्षती पुगेको वीरेन्द्रनगर नगरपालिकाका नगर नियमनकर्ता टंकप्रसाद आचार्यले जानकारी दिए । उनकाअनुसार तोडफोडबाट झण्डै तीन लाखको क्षती पुगेको छ ।

बसपार्क ताेडफाेड गर्नुकाे करण भने खुलेकाे छैन् । नगरपालिका स्राेतले बसपार्क निर्माण हुनु अगावै बसपार्कमा बस्दै अाएका व्यक्तिहरुकाे उक्साहटमा ताेडफाेड गरेकाे जनायाे । पक्राउ परेका एक पुराना व्यवसायीकै छाेरा भएकाे खुलेकाे नगरपालिका स्राेतले बतायाे । पक्राउ परेका व्यक्तिलाइ सार्वजनिक मुद्दा चलाइने र उनीहरुबाटै ताेडफाेडबाट भएकाे क्षतीपूर्ति भराउने नगरपालिका नगर नियमनकर्ता आचार्यले जानकारी दिए ।