☰ open Loading... 3 May 2024|  

सुर्खेतको राउटे गल्छेनामा जीप दुर्घटना तीनको मृत्यु
  | २१ फाल्गुन २०७६, बुधबार १३:४६

सुशील खड्का
सुर्खेत । दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको जीप सुर्खेतको राउटे गल्छेनामा दुर्घटनाहुँदा तीन जनाको मृत्यु भएको छ । रातानाङ्गला–धरमपोखरा सडक खण्डको वीरेन्द्रनगर–१५ राउटे गल्छेनामा बुधबार विहान जीप दुर्घटनाहुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा चिङ्गाड गाउँपालिका ६ बस्ने अन्दाजी ५५ वर्षीय देवबहादुर खड्का, वीरेन्द्रनगरनगरपालिका-१५ का अन्दाजी ४५ वर्षीया खड्गबहादुर बुढाथोकी र उनकी श्रीमती अन्दाजी ४० वर्षीया गोमा बुढाथोकी रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रवि रावलले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा चार जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा चिङगाड गाउँपालिका-६ का ३७ बर्षीय दुर्गाबहादुर गाहा, उनकी श्रीमति ३७ वर्षीया चन्द्राकुमारी गाहा, वीरेन्द्रनगर नगरपालिका-८ का नरे नेपाली र वीरेन्द्रनगर-१६ का लक्ष्मी ज्ञवाली छन् । नरे र चन्द्राकुमारीकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।

घाइतेहरुको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेकाे छ । कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जीप अनियन्त्रित भई बाटोबाट झण्डै चारसय मिटर तल खसेको प्रवक्ता रावलको भनाई छ । जीपमा सात जना सवार थिए ।