☰ open Loading... 27 February 2025|  

सुर्खेतमा कोरोनाकाे आशंका : एक युवक स्वास्थ्यकर्मीको निगरानीमा
  | २२ फाल्गुन २०७६, बिहीबार १६:३५

सुशील खड्का
सुर्खेत । सुर्खेतमा एक युवालाई कोरोना भाइरसको आशंका गरिएको छ । काठमाडौंबाट सुर्खेत आएका ति युवामा ज्वरो बढेको देखिएपछि कोरोना भाइरस भएको आशंका गरिएको हो ।

सुर्खेत विमानस्थलमा आजबाट शुरु गरिएको हेल्थ डेक्समा चेकजाँच गर्दा ति व्यक्तिमा १००.५ डीग्री ज्वरो देखिएपछि स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ ।

कर्णाली प्रदेश अस्पताल कालागाउँका मेसु डा. डम्बर खड्काले आशंका गरिएको व्यक्तिलाई ज्वरो बढी देखिएकाले पूर्ण रुपमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको बताए ।

‘आत्तिनु पर्ने अवस्था छैन्’ डा. खड्काले भने, ‘उनलाई तत्काल आइसोलेसन कक्षमा राख्नु पर्ने अवस्था पनि छैन्, घरमै राखेर स्वास्थ्यकर्मीले प्रत्यक्ष निगरानी गरिरहेका छन् ।’ ति युवा जापानबाट कोरियाहुँदै नेपाल आएको बताएकाले स्वास्थ्यकर्मीकाे निगरानीमा राखिएको डा. खड्काको भनाई छ ।