☰ open Loading... 26 April 2024|  

परियोजनाको अनुगमन
  | २३ फाल्गुन २०७६, शुक्रबार १८:४३

सुर्खेत । ग्लोबल एक्सन नेपालद्वारा सञ्चालित ‘बहिनी शिक्षाका लागि दिदी’ परियोजनाको अनुगमन गरिएको छ । बिहिवार परियोजना सञ्चालन गरिएको गुर्भाकोट नगरपालिका–१३ गुमीमा रहेको आनन्द माध्यमिक विद्यालयमा अनुगमन गरिएको हो ।

परियोजनामार्फत सञ्चालित बहिनी शिक्षा, ईङ्लिस, डिजिटल गल्र्स एजुकेशन, परियोजनासँग सहकार्य गरी सञ्चालित गुनासो सुनुवाई, बाल क्लव जस्ता कार्यको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले परियोजनाले गरेका कामबाट प्राप्त सफलतालाई मनन् गर्दै आगामी दिनमा नगरका तर्फबाट पनि यस्तो कार्यक्रम सञ्चालन गर्ने बताए । उनले विद्यार्थीको गुनासो समाधानका लागि सकारात्मकतातर्फ ध्यान दिँदै अगाडि बढ्न सुझा समेत दिए ।

विद्यालयका लागि स्थानीय सरकारले आवश्यकता अनुसार सेवासुविधा दिन नसकिएको बताउँदै उनले आफूसँग भएका स्रोतसाधनको भरपूर उपयोग गरी व्यवस्थित रुपमा पठनपाठन सञ्चालन गर्न विद्यालयलाई आग्रह गरे । मेयर पुनले विद्यालयमा भएको आराम कक्षलाई अझ व्यवस्थित गर्न आवश्यकता अनुसार छुट्टै कार्यक्रम समेत सञ्चालन गरिने बताए ।

आनन्द माविका प्रधानाध्यापक धनपति ढकालले परियोजनाले सञ्चालन गरेका कार्यक्रमले बालिकाको पढाईसँगै व्यक्तिगत विकासमा पनि सहयोग पु¥याएको बताए । विद्यालय छोडेका र विद्यालयमा कमजोर अवस्था भएका विद्यार्थीको शैक्षिक तथा व्यक्तिगत विकासमा ‘बहिनी शिक्षाका लागि दिदी’ परियोजनाले सहयोग पु¥याएको बताए ।

विद्यार्थीहरुका लागि अंग्रेजी भाषा सिकाई, प्रविधिसम्बन्धी सिकाईसँगै शिक्षकहरुलाई पनि समय सान्दर्भिक तालिम प्राप्त गर्न परियोजनाले सहयोग पु¥याएको प्रअ ढकालले बताए ।

अनुगमनका क्रममा आयोजित कार्यक्रममा बोल्दै ‘बहिनी शिक्षाका लागि दिदी’ परियोजनाका सुर्खेत जिल्ला संयोजक खगेश्वरी बोहराले परियोजनाको सकिनै लागेकाले यसको प्रभावकारिताको अनुगमन गर्ने र केही प्रतिक्रिया भएमा संकलन गर्ने गरिएको बताईन् ।

परियोजनाको सहयोगमा सञ्चालित कार्यक्रममा सहभागी भई अहिले सिकेका विद्यार्थीले आगमी दिनमा पनि अरु विद्यार्थीका लागि सिकाईमा मार्गदर्शकका रुपमा काम गर्ने अपेक्षा परियोजनाको रहेको उनले बताईन् ।

परियोजनाले सञ्चालन गरेका जस्तै कार्यक्रमहरुलाई नगरपालिकाले पनि निरन्तरता दिन चाहेमा आवश्यक प्राविधिक सहयोग परियोजनाबाट गरिने प्रतिबद्धता पनि जिल्ला संयोजक बोहराले जनाईन् ।