☰ open Loading... 9 July 2025|  

पेट्रोलियम पदार्थ र ग्यास अभाव छैन् : निगम प्रमुख घिमिरे
  | १० चैत्र २०७६, सोमबार ११:२५

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पेट्रोलियम पदार्थ र ग्यास भने प्रयाप्त मात्रामा रहेको नेपाल आयल निगम कर्णाली प्रदेश कार्यालयका प्रमुख दिपक घिमिरेले जानकारी दिए । उनले आइतबार ४०/४० हजार पेट्रोल र डिजेल वितरण गरिएको बताए ।

आज मात्रै एकलाख ६० हजार लिटर डिजेल र २० हजार पेट्रोल वितरण गर्ने तयारीमा रहेको उल्लेख गरे । ‘सामान्य अवस्थाभन्दा माग दोब्बर छ’ प्रमुख घिमिरेले भने, ‘यस्तो बेला पेट्रोल, डिजेल र ग्यास आवश्यकताभन्दा बढी घरमा राख्नु विस्फोटक पदार्थ राख्नु सरह भएकाले सजकता अपनाउन नागरिकलाई अनुरोध गर्दछु ।’

सुर्खेतमा भेरी ग्यास पाँचसय, रेडियन्स, राप्ती ग्यास दुई÷दुईसय सिलिण्डर मौज्दात रहेको छ । तर मनकामना ग्यास भने स्टकमा नरहेको प्रमुख घिमिरेले बताए ।