| १२ चैत्र २०७६, बुधबार १७:२२
सुर्खेत । कोरोना भाइरस (कोभीड–१९) को संक्रमण पुष्टी भएकी युवती सवार प्लेनमा सवार एक सुर्खेतका युवक पनि रहेको खुलेको छ । जोर्डनबाट कतारहुँदै काठमाडौं उत्रिएका उनी चैत्र ५ गते सुर्खेत आइपुगेको बताइएका छन् ।
केन्द्र सरकारले चैत्र ४ गते कतार एअरवेजको विमानमार्फत नेपाल आएका सबै यात्रुको खोजी गरेको थियो । तिमध्य सुर्खेत आएका युवाको स्वास्थ्य अवस्था सामान्य रहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।
उनी अहिले होम क्वारेन्टाइन रहेको पनि नगरपालिकाले जनाएको छ । ‘नगर र वडाका स्वास्थ्यकर्मीहरुको पूर्ण निगरानीमा राखिएको छ’ नगरपालिका स्रोतले भन्यो, ‘उहाँलाई केही समस्या भएमा तत्काल खवर गर्न पनि भनेका छौं ।’
