☰ open Loading... 7 November 2025|  

अाैषधी बाेकेर गाउँ पसे अध्यक्ष
  | २४ चैत्र २०७६, सोमबार १५:३९

दैलेख । नौमुले गाउँपालिकाका अध्यक्ष भद्रे बुढा मगर यति बेला औषधी लिएर गाउँगाउँ पुग्न थालेका छन् । जनप्रतिनिधिको पारिश्रामिक बजेटबाट औषधी किनेर उनी नौमुले गाउँपालिकाका दुर्गम वडाहरुमा पुगेका हुन् ।

उनीसंगै गाउँपालिकाका स्वास्थ्य संयोजक भुपेन्द्र शाही पनि गएका छन् । नौमुले गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा औषधी अभाव भएपछि गाउँपालिकाले १० लाखको औषधी किनेर उपलब्ध गराएको हो ।

‘स्वास्थ्य चौकीमा औषधी लिएर दिनहुँ हिड्ने गरेका छौं ।’ गाउँपालिकाका अध्यक्ष भद्रे बुढा मगरले भने, जनताहरुको स्वास्थ्य ठुलो कुरा भएकाले विरामीहरुमा औषधी अभाव हुन नदिनका लागि लागिपरेका छौं ।’

सवै स्वास्थ्य चौकीमा छिटो औषधी पुराउनका लागि गाउँपालिकाका अध्यक्ष आफैले गाडी लिएर गाउँ जाने गरेको स्वास्थ्य संयोजक भुपेन्द्र शाहीले बताए । कोरोना भाइरसका कारण भारतबाट आउनेहरुलाई गाउँपालिकाले स्वास्थ्य जाँच लगायतका कुराहरुमा चनाखो भएर लागेको शाहीले बताए ।

नौमुलेमा निःशुल्क जनताहरुले पाउने औषधीको समेत अभाव रहेको प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेका डाक्टर विप्लव सुवेदीले बताए । गाउँपालिकाले खरिद गरेर वितरण गरेपछि औषधी अभाव हटेको डाक्टर सुवेदीले बताए ।