☰ open Loading... 6 November 2025|  

कोरोना बारे अवफाह फैलाउने सुर्खेतमा एक पक्राउ
  | २ बैशाख २०७७, मंगलवार २०:११

सुशील खड्का
सुर्खेत । सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरस (कोभीड–१९) बारे भ्रम फैलाउने एक जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार साँझ पक्राउ गरेको हो ।

आचार्यले सामाजिक सञ्जाल फेसबुकमा ‘सुर्खेतमा पनि कोरोना देखियो पुष्टीहुन बाँकी’ भन्ने स्टाटस पोस्ट गरेका थिए । दिनभरी अाचार्यकाे निगरानी राखेर साँझ मात्रै पक्राउ पुष्टी जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गाेपाल रायमाझीले गरेका छन् ।

तर सुर्खेतसहित कर्णाली प्रदेशमा हालसम्म काेही पनि काेराेना संक्रमित नरहेकाे प्रदेश जनस्वास्थ्य सेवा निर्देशनालयका ल्याव इन्चार्ज अाेम अाचार्यले जानकारी दिए ।

‘हल्लाकाे पछि नलाग्न अाम नागरिकलाइ अनुराेध गर्दछु’ अाचार्यले भने, ‘यस्ता संकटकाे बेला अाम नागरिक त्रसित भइरहेकाे बेला अात्मबल हुने खालका कार्यहरू गराैं तर विना अाधार अवफाह फैलाउने काम गर्न अाग्रह गर्दछु ।’

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रायमाझीले नियन्त्रणमा लिएका अाचार्यमाथि थप अनुसन्धान अघि बढाएकाे जनाए । उनलाइ कस्ताे कारवाही हुन्छ भन्ने बारेमा प्रहरीले बताएकाे छैन् ।