☰ open Loading... 4 May 2024|  

घरघरमा गइ सावुन वितरण
  | ६ बैशाख २०७७, शनिबार १७:४८

दैलेख बैशाख ६,भैरबी गाउँपालिकाको वडा नं ५ मा घरघरमै गएर साबुन वितरण गरिएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिदै गएको कोरोना भाईसर अर्थात कोभिड – १९ को संक्रमण विरुद्ध जनचेतना जगाउन आज वडा नम्बर ५ का साविकको भैरीकालिकाथुम ७ विष्टवाडा साविकको ८ डाडीमाडी बजारमा मा हातधुने बानीको विकास गराउन माईक मार्फत सचेतना फैलाउदै साबुन वितरण गरिएको हो । वडा अध्यक्ष हेमलाल जैसी वडा सदस्यहरु सिता बि क, कृष्ण बहादुर शाही र पुणकला विष्ट, विष्णु प्रसाद जैसी त्यसैगरि प्रहरी हवल्दार गोपिलाल खड्का र शिवरवज खड्का को साथमा ‘कोराना संक्रमणबाट बच्नका लागि साबुन पानीको महत्व बुझाउंदै साबुन वितरण गरिएको हो ‍।

साबिकको ३ मा आइतवार र साविको ९ मा सोमवार बितरण गर्ने र वडा नं ५ को करिब ७५० घरका समेपुर्ण घर धुरिलाइ सावुन वितरण गर्ने वडा अध्यक्ष हेमलाल जैसीले जानकारी दिनुभयो ।वडा नम्बर ५ को आयोजनामा भएको सावुन वितरण तथा सचेतना कार्यक्रम मार्फत काोरोना भाईसरको संक्रमणबाट बच्न साबुन पानीले हात धुने तरिका सहित सचेतनामुलक सन्देश प्रवाह गरिएको वडा सचिब अबिशेक गुरुङले जानकारी दिनुभयो ।