☰ open Loading... 17 May 2024|  

खाद्यान्न पाएपछि महिलाले दिईन धन्यवाद
  | १० बैशाख २०७७, बुधबार ०७:५८

बैशाख १०-लकडाउनका कारण करिब एक महिनादेखि सबै काम बन्द छ ।मजदुरीको काम बन्द भएपछि कसरी परिवार पाल्ने भन्ने चिन्ता मजदुरी गरेर बिहान साँझ खानेलाई थपिएको छ ।कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले गत चैत्र ११ गतेदेखि देशव्यापी रुपमा लकडाउन गरेपछि मजदुरी गरेर खाने अधिकांश मारमा परेका छन् ।

राहत सामाग्री आमाले बुझेर घरभित्र राख्दै गर्दा मलिन अनुहार लगाउर्दै सानी बालिकाले भनिन अंकल चाउचाउ नि दिनुस न । यो आवाज हो अनुस्का मुक्तान जो नेपाली काङ्ग्रेसका युवा नेता भूपेन्द्रजंग शाही राहत बुझाउन जाँदा बालिका मुक्तानले भनेकी थिइन् । अंकल हामीलाई चामल त दिनुभयो, मलाई खानको लागि चाउचाउ पनि दिनु न ।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड (१९) को संक्रमण फैलिन नदिनका लागि नेपाललाई लकडाउन जारी छ । यसैले कुनै पनि मजदुरले काम गर्न नपाएपछि भोकै रहेकी हेटौंडा जिल्ला घर भई काठमाडौंमा बस्दै आएकी अनिता मुक्तानलाई चामल, दाल, तेल, तरकारि, चिनि दिर्दै गर्दा सानि नानी अनुस्का मुक्तान छेउमै आएर चाउचाउ मागेकि थिईन् । संचार माध्यममा खाद्यन्नको अभावले मुक्तानको चुलोमा आगो नबलेको खवर पाएपछि कांग्रेस नेता शाही खाद्यन्न लिएर मुक्तानको घरमै पुगि सहयोग हस्तान्तरण गरेको थिय। खाद्यन सकिएकि महिलाले राहत पाएपछि खुशि हुदै युवा नेता शाहीलाई हिर्दययदेखि नै धन्यवाद दिएकी छिन् युवा नेता शाही नेपाल बहस डटकमलाई भने, “ति सानी नानीको त्यो चाउचाउ मगाइले मलाई साह्रै भावुक बनायो अनि ‘मैले खाद्यन्न मात्र लिएको थिए, फेरि केही व्यवस्था गरेर चाउचाउ र विस्कुट पनि दिए ।” यसका साथै युवा नेता शाहीले ललितपुर बस्ने मिना ओलिको परिबार, कोटेस्वर बस्ने राजु ढुङना लगायतका परिबार हरुलाइ सहयोग प्रदान गरेका छन्।लकडाउनले अप्ठ्यारोमा परेका नागरिकका लागि सरकारले नै राहतको प्याकेज ल्याउन शाहीले आग्रह गरेका छन् ।
कांग्रेसका युवा नेता शाहीले सरकारले जारी गरेको लकडाउन काठमाडौं उपत्यकामा रहेका कालिकोट, कर्णालीबासीसंगै दैनिक जिविका चलाउन कठिन भयका अन्य जिल्लाका लाइ समेत राहत वितरण गरिरहेका छन् ।नेता शाहीले भक्तपुरदेखि थानकोटसम्म कोठाभाडाका बस्नेहरुका कोठा कोठामा पुगेर सहयोग स्वरुप खाद्यन्न वितरण हुन् । राहत प्याकेजमा चामल, दाल, तेल , नुन, चिनि रहेको छ ।करिव एक महिनादेखि लागु लकडाउनले गरिब, विपन्न, ज्यालादारी गर्ने मजदुर र असङ्गठित क्षेत्रमा काम गर्नेहरु सबैभन्दा बढी प्रभावित छन् । लकडाउनले उनीहरुको कमाउने, खाने र बाँच्ने अवसर खोसिएको छ । समस्यामा परेकालाइ आफुले सक्दो सहयोग गर्ने नेता शाहीले बतायका छन ।