☰ open Loading... 2 May 2024|  

बन्दाबन्दीका कारण अलपत्र परेका हुम्लाका बालबालीकाको उद्धार गर्न माग
  | १० बैशाख २०७७, बुधबार ०७:४१

जनकबहादुर शाही
हुम्ला,बैशाख–१०। बन्दाबन्दिका कारण हुम्लाका बालबालिकाहरु नेपालगञ्जमा अलपत्र परेको भन्दै अभिभावकद्धारा जिल्ला प्रशासन कार्यालय हुम्लामा उद्धारको माग गरेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसको माहमारिका कारण हालसम्म नेपालगञ्जमै रोकिएका बालबालिकाहरुलाई पटक पटक उद्धारका लागि पहल गर्नु माग गरे पनि सरोकारवाला निकायले ध्यान नदिएको भन्दै बालबालिकाका अभिभावक पुन मंगलबार पाँचौंपटक जिल्ला प्रशासन पुगेका हुन । हाम्रा बच्चहरुको उद्धारका लागि पहल गरि देउ भन्न पटक पटक  आउदा पनि अहिले सम्म कसैले पहल नगरि दिएको स्थानिय अभिभाबकले बताए ।

कोरोनाको त्रासका कारण नेपाल सरकारले चैत ११ गते बन्दाबन्दिका कारण नेपालगञ्ज र मुलुका बिभिन्न ठाउमा अलपत्र परेका बालबालीका आज २९ दिन हुदा सम्म पनि कसैैैले वास्ता गरेका छैनन । हामीलेआफै पैशा तिर्छु भन्दा पनि कसैले पहल गरी दिनैनन । ५ पटक सम्म प्रमुख जिल्ला अधिकारी र स्थानिय तहका पदाधिकाररीलाई अनुरोध गर्दा पनि कसैले वास्ता नगरेको स्थानिय नागरिक अगुवा टेके रोकाया बताए 
हाम्रो तर्फबाट बालबालिकाको उद्धारको पहल र प्रर्यास भएपनि  अहिलेको अबस्थामा हामीले भन्दैमा उद्धार गर्न सकिने अबस्था छैन । अहिलेको यो परिस्थितीमा हामीले पहल र सिफारिस बाहेक केहि गर्न सकिने हुदा कुन ठाउमा कुन पालिकाको कति नागरीक अलपत्र छन सोको एकिन  बिबरण आए पछि उद्धारको लागि पहल गरिने स्थानिय प्रशासनले बताएको छ ।
यतिखेर नेपालगञ्जमा अलपत्र परेका बालबालिकाहरुलाई गास,बास र कपासको चरम समस्या भएको भन्दै उनिहरुका अभिभावकहरु उद्धारको पहल गर्नअनुरोध गरेका हुन । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सरकारले जारी गरेको लक डाउन छोटिने आश गरे पनि अनिश्चित भएपछि आफ्ना देशका नागरिक समस्या बुझेर  उद्धार गर्नु सरकारको दायित्व भएकाले नेपालगञ्ज र मुलुका बिभिन्न ठाउमा अलपत्र परेका हुम्लाका नागरिकहरुको उद्धारका लागि यथासक्य चाँडो संधिय, प्रदेश र स्थानिय सरकारको ध्यान जाऔस ।