☰ open Loading... 28 November 2024|  

श्री गणेशजल सहकारीको ई–बैंकिङ सेवा शुरु, अब सदस्यले घरबाटै सम्पूर्ण कारोबार गर्न सकिने
  | ५ जेष्ठ २०७७, सोमबार २१:२६

सुर्खेत, ५ जेष्ठ -वीरेन्द्रनगर ३ जुम्लारोडमा मुख्य कार्यालय रहेको श्री गणेशजल बहुउदेश्यीय सहकारी संस्था लि.ले ई–बैंकिङ सेवा सुरु गरेको छ । संस्थाको १३ औ स्थापना दिवसको अवसरमा संस्थाले सदस्यहरुलाई अनलाइन बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले ई–बैंकिङ सेवा सुरु गरेको हो ।
लकडाउनको समयमा सदस्यले घरबाटै यो सेवा लिन सकिने संस्थाका अध्यक्ष प्रेमकुमार वि.सीले जानकारी दिनुभयो । अब सदस्यले घरमै बसेर आफ्नो खाताको रकम अन्य बैंक मा ट्रान्सफर गर्न, सहकारी वाट ईसेवामा रकम राख्न, डिपोजिट स्टेटमेन्ट, लोन स्टेटमेन्ट, चेक रिक्वेस्ट, ईन्टरनल फन्ड टान्सफर तथा आफ्नो खाताको बारेमा विभिन्न जानकारी अनलाईनबाट लिन सकिने अध्यक्ष वि.सी जानकारी दिनुभयो ।
वि.सीका अनुसार सहकारीका सदस्यले मोबाइलमा रिचार्ज गर्न, टिभि, बिजुलि, इन्टरनेट, खानेपानी तथा ल्याण्डलाइनको बिल भुक्तानी पनि अनलाईनबाटै गर्न सक्नेछ ।

संस्थाले मोबाईल बैकिङ सेवा पनि विगत देखिनै प्रदान गर्दै आएको छ । लकडाउनको समयमा संस्थाले घरबाटै मोबाईल बैकिङ सेवा लिन सक्ने नयां फिचर आएको छ । श्री गणेशजलले पश्चिम नेपालमै पहिलो पटक एटिएम संचालन गरिसकेको छ भने ई बैकिंग सेवा, गणेशजल स्मार्ट एप्स, नगद रहिद भुक्तानि सेवा ९त्तच् ऋयमभ० सेवा संचालन गरि सदस्यलाई संस्थामा जानु पर्र्ने झन्जट हटेको संस्थाका प्रवन्धक रंगा बहादुर सिंहले बताउनुभयो ।अव सदस्यले घरमै बसेर संस्थाको सम्पुर्ण सुविधा लिन सकिने छ ।