☰ open Loading... 7 July 2020|   मङ्लबार, असार २३, २०७७

दैलेखकाे क्वारेन्टाइनमा मृत्यु भएका युवाको रिपोर्ट पोजेटिभ

  |

सुर्खेत । दैलेखको दुल्लुस्थित किर्तीखम्बमा रहेको क्वारेन्टाइनमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिवार गरिएको स्वाब परीक्षणमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका डा. लक्ष्मीनारायण तिवारीले क्वारेन्टाइनमा मृत्यु भएका युवाको रिपोर्ट पोजेटिभ आएको पुष्टी गरे । उनकाअनुसार दुल्लु नगरपालिका–११ कालभैरव घर भएका ३५ वर्षीय युवा भारतको गुजरातबाट केही दिन अघि फर्किएका थिए ।

दुल्लु नगरपालिका–७ किर्तीखम्बस्थित रहेको क्वारेन्टाइनमा बसिरहेका युवा विहानको खाजा खाएर सुतेका केही समयमा उनी मृत भेटिएको भेटिएका थिए ।

बुधबार नै पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ७८ पुगेको छ भने काेराेनाबाट पहिला व्यक्तिकाे मृत्यु भएको छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १७, २०७७     6:48:13 PM
error: Content is protected !!