दैलेख । जिल्ला लघु उद्यमी समूह संघ, दैलेखले नारायण नगरपालिकामा कोभिट प्रभावितहरुलाई लघु उद्यम मार्फत स्वरोजगार बनाउने कार्यक्रम शुरु गरेको छ । युनएनडिपीको आर्थिको सहयोगमा कोभटि १९ बाट प्रभावित अति कमजोर वर्गको आय आर्जन स्ुरक्षित गर्नका लागि संयुक्त राष्ट्र संघको सिघ्र पहल कार्यक्रमको आर्थिक सहयोगमा यस्तो कार्य शुरु गरेको हो ।
संयुक्त राष्ट्र संघ, नारायण नगरपालिका, दैलेख र जिल्ला लघु उद्यमी समूह संघ, दैलेखको सहकार्यमा दैलेख जिल्लाको नारायण नगरपालिकाका कोभटि १९ बाट प्रभावित १५० जना अति विपन्न समूदाय तथा विदेशबाट फर्किएकाहरुलाई स्वरोजगार बनाउनका लागि कार्य प्रारम्भ गरिएको हो । यस कार्यक्रम अन्तर्रगत नारायण नगरपालिकामा कोभिड १९ बाट प्रभावित तथा विदेशबाट फर्किएका, सिमान्तकृत, अति विपन्न वर्गलाई छनौट गरी लघु उद्यम मार्फत स्वरोजगार बनाईदैछ । जस अन्र्तगत शुरुमा नारायण नगरपालिकाको निर्णयका आधारमा वडा छनौट, जिल्ला लघु उद्यमी समूह संघ, दैलेख र नारायण नगरपालिका बीच कार्यक्रमका लागि सम्झौता पत्रमा हस्ताक्षर, सामाजिक परिचालन अन्तर्रगत अति विपन्न वर्गको पहिचान, अति विपन्न वर्गको छनौट गरिनेछ । ततपश्चात संभाब्यता अध्ययन, बजार सर्वेक्षण, आफ्नो ब्यवशाय शुरु तथा सुधार गर्नुहोस तालिम, सीप विकास तालिम, लघु उद्यम स्थापना गर्नका लागि मेसिन औजार सहयोग, वित्तिय आवश्यकता परिपूर्तीका लागि वित्तिय संस्थाहरुसित सम्झौता, बजारको शुनिश्चिताका लागि उप करार सम्झौता, साझा सुविधा केन्द्र, औद्योगिक ग्राम स्थापना, कोशेली घर संचालन, हाट बजारको शुरुवाद, संकलन केन्द्र स्थापना जस्ता कार्यहरु गरिनेछन ।
दैलेख र सुर्खेतका कर्मचारीहरुलाई अभिमूखीकरण गर्दै प्रादेशिक लघु उद्यम विकास विशेषज्ञ दिपक गर्तौला र कर्मचारीहरुयुरोपमा समेत निर्यात हुन सफल नानपा १० को सफल सिस्नो लघु उद्यम
दैलेख जिल्लाको नारायण नगरपालिकामा कोभिट प्रभावितहरुलाई लघु उद्यम मार्फत स्वरोजगार बनाउने कार्यक्रम अवधि ६ महिनाको लागि हुनेछ भने त्यो उपरान्त जिल्ला लघु उद्यमी समूह संघ, दैलेख र नारायण नगरपालिकाको सहकार्यमा नारायण नगरपालिकालाई लघु उद्यमका माध्यमबाट आत्मनिर्भर, स्वरोजगार बनाउन विभिन्न प्रकारका कार्यक्रमहरु संचालन हुनेछन ।कोभिट १९ ले प्रभावित बनेको नारायण नगरपालिकाका यस्तो प्रकारको स्वरोजगारयुक्त कार्यक्रम शुरु हुन लागेकाले त्यस पालिकाका अति विपन्न तथा विदेशबाट फर्केका आम नागरिकहरु खुसि भएकाछन । यसै सन्दर्भमा नारायण नगरपालिकाका प्रमूख रत्नबहादुृर खडकाले यो धेरै राम्रो कार्यक्रम भएको बताउँदै साझेदार संस्थाहरुसित मिलेर आत्मनिर्भर र स्वरोजगार नगरपालिका बनाउन सदैब आफुहरु तयार भएको बताउनु भएको छ । उहाँले अवको समृद्धि लघु उद्यम र उद्यमबाट मात्र संभव भएको बताउँदै नारायण नगरपालिकामा साझा सुविधाकेन्द्र, औद्योगिक ग्राम स्थापना, हाटबजार संचालन, कोसेली घर स्थापना र लघु उद्यमी तथा कृषकहरुलाई आय आर्जनमूलक कार्यक्रममा जोड दिएको बताउनु भएको छ । आफुहरु यस आर्थिक वर्षमा लघु उद्यम र कृषि कार्यक्रम मार्फत समृद्ध नारायण नगरपालिका बनाउन बजेट विनयोजन गरेको समेत बताउनु भएको छ ।
यसै गरी प्रदेश तथा संघीय तहमा प्रतिनिधित्व गर्ने माननीयहरुले समेत सहकार्यका आधारमा समृद्ध दैलेख बनाउने योजना रहेको र लघु उद्यम तथा कृषकहरुलाई धेरै सहयोग गर्ने बताउनु भएको छ । कर्णाली प्रदेशका प्रादेशिक लघु उद्यम विकास विशेषज्ञ दिपक गर्तौताले कर्णाली प्रदेशलाई मेड मोडेलबाट लघु उद्यम स्थापना र मूल्य अभिवृद्धि श्रृखलाका लागि आफ्नो तहबाट पूर्ण रुपमा सहयोग गर्ने, नेपाल सरकारले लिएको लक्ष्यलाई भरपुर सहयोग गर्ने बताउनु भयो । यसैको फल स्वरुप यो कार्यक्रम लागु भएको समेत बताउनु भएको छ ।
जिल्ला लघु उद्यमी समूह संघ, दैलेखका अध्यक्ष कविराज खत्रीले दैलेखलाई आत्मनिर्भर र स्वरोजगार बनाउन संघले जुन भूमीका खेलेको छ, त्यो भूमीकालाई थप प्रभावकारी बनाउने, जिल्लाका हरेक स्थानीय तहहरुमा तीनवटै सरकार, दातृ निकायहरुसित सहकार्य गरेर लघु उद्यम र कृषि उद्यम मार्फत समाजलाई आत्मनिर्भर र स्वरोजगार बनाउन लागि पर्ने बताउनु भयो । यसका साथै उहाँले जिल्ला लघु उद्यमी समूह संघ, दैलेखमा आवद्ध ३४ सय लघु उद्यमीहरुलाई थप सहयोग गरी साना उद्योगमा रुपान्तरण गर्न, हरेक पालिकामा औद्योगिक ग्राम, हाट बजार, कोसेली घर, साझा सुविधा केन्द्र, संकलन केन्द्र स्थापना गर्न पहल गर्ने र उद्यमीका आधारभूत आवश्यकता परिपूर्ती गर्न संस्थागत पहल जारी रहेको बताउनु भयो । उहाँले अबको ३ वर्षमा दैलेखलाई लघु उद्यम हव बनाउन ठोस योजना अघि सारिएको बताउँदै यस कार्यमा तीनवटै तहका सरकारले अगुवाई गर्ने र लघु उद्यम क्षेत्रमा जिल्ला लघु उद्यमी समूह संघ, दैखले सहयोगी भूमीका निर्वाह गर्ने कार्य योजना रहेको बताउनु भयो ।
दैलेखको नारायण नगरपालिका नेपाल कै सबैभन्दा ठूलो लघु उद्यम हव बनेको छ । यस पालिकामा लघु उद्यमीहरुले उत्पादन तथा प्रसोधन गरेको सिस्नो पाउडर , सालका पातको दुना टपरी, अगरवत्ती युरोप र अन्तराष्ट्रिय बजारमा समेत बजारीकरण भईरहेको छ । जिल्ला लघु उद्यमी समूह संघ, दैलेखको अगुवाईमा स्थापना भएको आत्मनिर्भर लघु उद्यम कृषि सहकारीले जिल्ला कै नमूना योग्य काम गर्दै आईरहेको छ । हाल नारायण नगरपालिकामा ७ सय जना लघु उद्यमीहरु रहेकाछन भने ती लघु उद्यमीहरुले सफलतापूर्वक लघु उद्यम मार्फत स्वरोजगार बनिरहेकाछन । कोभिट १९ ले प्रभावित भएका र थला परेका ती लघु उद्यमीहरुलाई पुनः सोही अवस्था ल्याउन नारायण नगरपालिका, जिल्ला लघु उद्यमी समूह संघ, दैलेख र युनडिपीको यस कार्यक्रमले थप उर्जा पैदा गरेको छ । ६ महिनासम्म संचालन हुने कार्यक्रममा जिल्ला लघु उद्यमी समूह संघले १ जना कार्यक्रम संयोजक, १ जना लेखापाल र ३ जना उद्यम विकास सहजकर्ता परिचालन गरिसकेको छ ।
ठीक यस्तै प्रकारले युनडिपीको सहयोगमा जिल्ला लघु उद्यमी समूह संघ, सुर्खेतको आयोजनामा सुर्खेतको वीरेन्द्र नगर नगरपालिकामा कार्यक्रम शुरु भएको छ । कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न कुनै कसुर बाँकी नराख्ने गरी अघि बढको जानकारी लघु उद्यम क्षेत्रमा लामो सयमदेखी अनुभव समाल्दै आउनु भएकी कार्यक्रम संयोजक अन्जु राना मगरले जानकारी दिनु भएको छ ।
दैलेख र सुर्खेतका कर्मचारीहरुलाई अभिमूखीकरण गर्दै प्रादेशिक लघु उद्यम विकास विशेषज्ञ दिपक गर्तौला र कर्मचारीहरुयुरोपमा समेत निर्यात हुन सफल नानपा १० को सफल सिस्नो लघु उद्यम
दैलेख । जिल्ला लघु उद्यमी समूह संघ, दैलेखले नारायण नगरपालिकामा कोभिट प्रभावितहरुलाई लघु उद्यम मार्फत स्वरोजगार बनाउने कार्यक्रम शुरु गरेको छ । युनएनडिपीको आर्थिको सहयोगमा कोभटि १९ बाट प्रभावित अति कमजोर वर्गको आय आर्जन स्ुरक्षित गर्नका लागि संयुक्त राष्ट्र संघको सिघ्र पहल कार्यक्रमको आर्थिक सहयोगमा यस्तो कार्य शुरु गरेको हो ।
संयुक्त राष्ट्र संघ, नारायण नगरपालिका, दैलेख र जिल्ला लघु उद्यमी समूह संघ, दैलेखको सहकार्यमा दैलेख जिल्लाको नारायण नगरपालिकाका कोभटि १९ बाट प्रभावित १५० जना अति विपन्न समूदाय तथा विदेशबाट फर्किएकाहरुलाई स्वरोजगार बनाउनका लागि कार्य प्रारम्भ गरिएको हो । यस कार्यक्रम अन्तर्रगत नारायण नगरपालिकामा कोभिड १९ बाट प्रभावित तथा विदेशबाट फर्किएका, सिमान्तकृत, अति विपन्न वर्गलाई छनौट गरी लघु उद्यम मार्फत स्वरोजगार बनाईदैछ । जस अन्र्तगत शुरुमा नारायण नगरपालिकाको निर्णयका आधारमा वडा छनौट, जिल्ला लघु उद्यमी समूह संघ, दैलेख र नारायण नगरपालिका बीच कार्यक्रमका लागि सम्झौता पत्रमा हस्ताक्षर, सामाजिक परिचालन अन्तर्रगत अति विपन्न वर्गको पहिचान, अति विपन्न वर्गको छनौट गरिनेछ । ततपश्चात संभाब्यता अध्ययन, बजार सर्वेक्षण, आफ्नो ब्यवशाय शुरु तथा सुधार गर्नुहोस तालिम, सीप विकास तालिम, लघु उद्यम स्थापना गर्नका लागि मेसिन औजार सहयोग, वित्तिय आवश्यकता परिपूर्तीका लागि वित्तिय संस्थाहरुसित सम्झौता, बजारको शुनिश्चिताका लागि उप करार सम्झौता, साझा सुविधा केन्द्र, औद्योगिक ग्राम स्थापना, कोशेली घर संचालन, हाट बजारको शुरुवाद, संकलन केन्द्र स्थापना जस्ता कार्यहरु गरिनेछन ।
दैलेख जिल्लाको नारायण नगरपालिकामा कोभिट प्रभावितहरुलाई लघु उद्यम मार्फत स्वरोजगार बनाउने कार्यक्रम अवधि ६ महिनाको लागि हुनेछ भने त्यो उपरान्त जिल्ला लघु उद्यमी समूह संघ, दैलेख र नारायण नगरपालिकाको सहकार्यमा नारायण नगरपालिकालाई लघु उद्यमका माध्यमबाट आत्मनिर्भर, स्वरोजगार बनाउन विभिन्न प्रकारका कार्यक्रमहरु संचालन हुनेछन ।
कोभिट १९ ले प्रभावित बनेको नारायण नगरपालिकाका यस्तो प्रकारको स्वरोजगारयुक्त कार्यक्रम शुरु हुन लागेकाले त्यस पालिकाका अति विपन्न तथा विदेशबाट फर्केका आम नागरिकहरु खुसि भएकाछन । यसै सन्दर्भमा नारायण नगरपालिकाका प्रमूख रत्नबहादुृर खडकाले यो धेरै राम्रो कार्यक्रम भएको बताउँदै साझेदार संस्थाहरुसित मिलेर आत्मनिर्भर र स्वरोजगार नगरपालिका बनाउन सदैब आफुहरु तयार भएको बताउनु भएको छ । उहाँले अवको समृद्धि लघु उद्यम र उद्यमबाट मात्र संभव भएको बताउँदै नारायण नगरपालिकामा साझा सुविधाकेन्द्र, औद्योगिक ग्राम स्थापना, हाटबजार संचालन, कोसेली घर स्थापना र लघु उद्यमी तथा कृषकहरुलाई आय आर्जनमूलक कार्यक्रममा जोड दिएको बताउनु भएको छ । आफुहरु यस आर्थिक वर्षमा लघु उद्यम र कृषि कार्यक्रम मार्फत समृद्ध नारायण नगरपालिका बनाउन बजेट विनयोजन गरेको समेत बताउनु भएको छ ।