असार २१-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पछिल्लो विवाद जटिल कथा हो, जसमा क्रेम्लिन र तालिबान दुवै जोडिएका छन्।
त्यसबारे तपाईँले जान्नै पर्ने आधारभूत कुराहरू प्रस्तुत गरेका छौँ:
कथाको सार
गत वर्ष रुसले अमेरिकी सुरक्षा फौजको हत्या गर्न तालिबानलाई ‘बक्सिस’ दिने प्रस्ताव गरेको भन्ने आरोपमा यो विवाद केन्द्रित छ।
तर त्यसबारे ह्वाइट हाउसलाई सूचना दिइए पनि कुनै कदम नचालेको भन्ने विषय पनि यससँग जोडिएको छ।
अफगानिस्तान युद्धमा अमेरिका सहभागी हुनुका कारण
अमेरिकासँग सम्झौता गरेको तालिबानले अब के गर्ला
कस्ले के भने?
अमेरिकी सञ्चारमाध्यमले रुसी सैन्य गुप्तचर संस्थाले गत वर्ष अमेरिकी सेनाको हत्याको निम्ति त्यस्तो इनाम दिने प्रस्ताव गरेको र राष्ट्रपति ट्रम्पलाई त्यसबारे अवगत गराइएको प्रमाण भएको बताएका छन्।
द न्यूयोर्क टाइम्सले सफल आक्रमणहरूपछि विद्रोहीहरूले रुसबाट त्यस्तो रकम लिएको विश्वास गरिएको उल्लेख गरेको छ। तर त्यो कुन सैन्य टुकडीका फौजको हत्यामा हो भन्ने प्रस्ट छैन, सन्देहमै छ।
राष्ट्रपति ट्रम्पले उनलाई कहिल्यै जानकारी नदिइएको बताउँदै त्यो पूर्णतया ठट्टा भएको टिप्पणी गरे।
रुसले त्यो दाबीको खण्डन गरेको छ र समाचार झूटो भएको बताएको छ।
तालिबानले अमेरिकी सैनिकमाथि आक्रमण गरेकोमा रुसबाट नगद लिएको आरोप अस्वीकार गरेको छ।
के रुसी गुप्तचर निकायले अफगानिस्तानमा अमेरिकी सैनिकलाई मार्न इनाम दिएको हो

‘ट्रम्पले थाहा पाउनु पर्ने हो’
ह्वाइट हाउसले गुप्तचर समुदायमा यी समाचार कति विश्वसनीय हुन् भन्ने बहस अझै चलिरहेको जनाएको छ।
तर केही उच्च अधिकारीहरूलाई यो आरोपबारे जानकारी रहेको देखिन्छ।
गुप्तचरी प्रतिवेदन अपुष्ट नै भए पनि राष्ट्रपतिसम्म प्रस्तुत गर्न सकिन्छ। जुन बारम्बार गरिन्छ पनि।
र, यो प्रतिवेदनबारे पनि ब्रिटेन सहितका सहयोगीहरूलाई समेत जानकारी दिइएको भनिएको छ।
अहिले के अर्थ राख्छ?
यो अमेरिका र तालिबान अफगानिस्तानमा जारी १९ वर्ष लामो युद्ध अन्त्य गर्न शान्ति वार्ताको बीचमा पुगेका बेला त्यसलाई कमजोर तुल्याउने खालको छ।
यो प्रकरणले अमेरिका र रुसको सम्बन्धलाई पनि बिगार्न सक्छ।
रुसले यस्तो किन गर्थ्यो?
विज्ञहरूले अमेरिकाको विश्वव्यापी प्रभाव कमजोर तुल्याउने रुसको उद्देश्यसँग यो रणनीति मिल्ने बताउँछन्।
उसले तालिबान पछि फर्कियोस् भन्ने चाहन्छ किन कि उसले त्यसलाई कट्टरपन्थी इस्लामवादीविरुद्धको सम्भावित व्यवधानको रूपमा हेर्ने गर्छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पछिल्लो विवाद जटिल कथा हो, जसमा क्रेम्लिन र तालिबान दुवै जोडिएका छन्।
त्यसबारे तपाईँले जान्नै पर्ने आधारभूत कुराहरू प्रस्तुत गरेका छौँ:
कथाको सार
गत वर्ष रुसले अमेरिकी सुरक्षा फौजको हत्या गर्न तालिबानलाई ‘बक्सिस’ दिने प्रस्ताव गरेको भन्ने आरोपमा यो विवाद केन्द्रित छ।
तर त्यसबारे ह्वाइट हाउसलाई सूचना दिइए पनि कुनै कदम नचालेको भन्ने विषय पनि यससँग जोडिएको छ।
अफगानिस्तान युद्धमा अमेरिका सहभागी हुनुका कारण
अमेरिकासँग सम्झौता गरेको तालिबानले अब के गर्ला
कस्ले के भने?
अमेरिकी सञ्चारमाध्यमले रुसी सैन्य गुप्तचर संस्थाले गत वर्ष अमेरिकी सेनाको हत्याको निम्ति त्यस्तो इनाम दिने प्रस्ताव गरेको र राष्ट्रपति ट्रम्पलाई त्यसबारे अवगत गराइएको प्रमाण भएको बताएका छन्।
द न्यूयोर्क टाइम्सले सफल आक्रमणहरूपछि विद्रोहीहरूले रुसबाट त्यस्तो रकम लिएको विश्वास गरिएको उल्लेख गरेको छ। तर त्यो कुन सैन्य टुकडीका फौजको हत्यामा हो भन्ने प्रस्ट छैन, सन्देहमै छ।
राष्ट्रपति ट्रम्पले उनलाई कहिल्यै जानकारी नदिइएको बताउँदै त्यो पूर्णतया ठट्टा भएको टिप्पणी गरे।
रुसले त्यो दाबीको खण्डन गरेको छ र समाचार झूटो भएको बताएको छ।
तालिबानले अमेरिकी सैनिकमाथि आक्रमण गरेकोमा रुसबाट नगद लिएको आरोप अस्वीकार गरेको छ।
के रुसी गुप्तचर निकायले अफगानिस्तानमा अमेरिकी सैनिकलाई मार्न इनाम दिएको हो
अफगानिस्तान युद्धमा अमेरिका सहभागी हुनुका कारण
‘ट्रम्पले थाहा पाउनु पर्ने हो’
ह्वाइट हाउसले गुप्तचर समुदायमा यी समाचार कति विश्वसनीय हुन् भन्ने बहस अझै चलिरहेको जनाएको छ।
तर केही उच्च अधिकारीहरूलाई यो आरोपबारे जानकारी रहेको देखिन्छ।
गुप्तचरी प्रतिवेदन अपुष्ट नै भए पनि राष्ट्रपतिसम्म प्रस्तुत गर्न सकिन्छ। जुन बारम्बार गरिन्छ पनि।
र, यो प्रतिवेदनबारे पनि ब्रिटेन सहितका सहयोगीहरूलाई समेत जानकारी दिइएको भनिएको छ।
अहिले के अर्थ राख्छ?
यो अमेरिका र तालिबान अफगानिस्तानमा जारी १९ वर्ष लामो युद्ध अन्त्य गर्न शान्ति वार्ताको बीचमा पुगेका बेला त्यसलाई कमजोर तुल्याउने खालको छ।
यो प्रकरणले अमेरिका र रुसको सम्बन्धलाई पनि बिगार्न सक्छ।
रुसले यस्तो किन गर्थ्यो?
विज्ञहरूले अमेरिकाको विश्वव्यापी प्रभाव कमजोर तुल्याउने रुसको उद्देश्यसँग यो रणनीति मिल्ने बताउँछन्।
उसले तालिबान पछि फर्कियोस् भन्ने चाहन्छ किन कि उसले त्यसलाई कट्टरपन्थी इस्लामवादीविरुद्धको सम्भावित व्यवधानको रूपमा हेर्ने गर्छ।साभार बिबिशी
| २१ असार २०७७, आईतवार ०७:५४